बिर्तामाेड ७ कात्तिक । महिला पत्रकारकाे क्षमता र दक्षता अभिबृद्वि गर्ने उद्देश्यले १२ वर्ष अघि स्थापना भएकाे नारी सञ्चार गृहमा लेखनबृत्ति स्थापना भएकाे छ ।
संस्थाका निवर्तमान अध्यक्ष भीमा शिवाकोटीले महिलाहरूकाे महान चाड तीज पर्वकाे महत्व, एेतिहासिकता, माैलिकता, उपलब्धि लगायत सकारात्मक पक्षलाई उजागर गर्ने प्रकृतिको लेख तथा खाेजमूलक समाचार सम्प्रेषण गर्ने मध्ये उत्कृष्ट एकजना महिलालाई प्रदान गर्ने गरि लेखनबृत्तिकाे घाेषणा गर्नु भएकाे हाे ।
संस्थाकाे १३ ओै स्थापना दिवसका अवसरमा निवर्तमान अध्यक्ष शिवाकोटीले घाेषणा गर्नु भएकाे लेखनबृत्तीलाई संस्थाकाे कात्तिक ६ गते बसेकाे कार्यसमितिको नियमित बैठकले संस्थागत रूपमा ग्रहण गर्ने निर्णय गरेकाे छ। लेखनबृत्ती स्थापना गर्नुभएकाेमा धन्यवाद समेत ज्ञापन गरेकाे छ । संस्थाकी अध्यक्ष रेजिना गाैतमकाे अध्यक्षतामा बसेकाे बैठकले लेखनबृत्ती प्रदानका लागि अावश्यक विधिबारे दातासंग समन्वय गर्ने निर्णय भएकाे संस्थाका सचिव मायामितु न्याैपानेले जानकारी दिनुभयाे । शिवाकोटीले आफू जिवीत रहुञ्जेलसम्म प्रत्येक वर्ष एकजना महिला पत्रकारलाई प्रदान गर्नेगरी नगद पाँचहजार रूपैयाँ लेखनबृत्ती घाेषणा गर्नुभएकाे हाे ।
पछिल्ला केही वर्षयता तीज पर्वबारे नकारात्मक टिप्पणी बढी हुन थालेपछि महिलाहरूकाे महानपर्वका सकारात्मक पाटा समेत उजागर गर्ने उद्देश्यले लेखनबृत्ती प्रदान गर्न लागेकाे बताउनु भयाे ।
संस्थाले ११ ओै बार्षिक साधारणसभाले संस्थाकाे अक्षयकोषकाे लक्ष्य पूर्ण नभएसम्म महिला पत्रकारकाे क्षमता अभिबृद्विमा लागि स्राेतकाे खाेजी गरी लेखनबृत्तीका लागि पहल गर्ने लक्ष्य राखेकाे थियाे। एकवर्षमा नारी संञ्चार गृहकाे समन्वयमा लेखनबृत्ती बापत दुइजनालाई जनही पाँच/पाँच हजार रूपैयाँ प्रदान गरिएकाे बताइएकाे छ ।
संस्थाकाे १२ ओै साधारणसभामा सहसचिव जाेस्ना श्रेष्ठले पत्रकारिता गरेवापत आफूले प्राप्त गरेकाे पुरस्कार राशीकाे २० प्रतिशत (५०००) रकम लेखनबृत्ती प्रदान गर्नुभएकाे थियाे । चुनाैतिपूर्ण मानिएकाे पत्रकारितामा संलग्न महिलाहरूकाे उत्प्रेरणा बढाेस् भन्ने हेतुले संस्थामार्फत लेखनबृत्ती प्रदान गरेकाे श्रेष्ठले बताउनु भयाे। त्यस्तै संस्थाका संस्थापक अध्यक्ष सावित्रा दाहालले आफ्नाे जन्मदिनको अवसर पारेर साेही राशीकाे लेखनबृत्ती प्रदान गर्दै उक्त कार्यलाई आगामी ५ वर्षसम्म निरन्तरता दिने बताउनु भएकाेछ । संस्थाकाे मुख्य उद्देश्यलाई कार्यान्वनय गर्दै लैजान सहज हाेस् भन्ने साेचका साथ जन्मदिनमा लेखनबृत्तीकाे ब्यवस्था गरिएकाे उहाँको भनाई छ।
संस्थाले २०७५ सालदेखि बहुउद्देश्यीय लक्ष्य राखेर ५० लाखकाे अक्षयकोष स्थापना गर्ने उद्देश्यले रकम संलकन गर्दै आएकाे बताइएकाे छ । काेषमा हालसम्ममा ४७ लाख रूपैयाँ संकलन भएकाे अक्षयकोष बृद्वि तथा परिचालन समितिका संयाेजक तथा संस्थाका सहसचिव जाेस्ना श्रेष्ठले जानकारी दिनुभयाे ।
काेषलाई आगामी चैत मसान्तसम्ममा पूर्णता दिने संस्थागत संकल्प रहेकाे अध्यक्ष गाैतमले बताउनु भयाे ।