HomeFeatured 2भद्रपुरमा बजार अनुगमन, अखाद्य र म्याद गुज्रिएका सामान जफत

भद्रपुरमा बजार अनुगमन, अखाद्य र म्याद गुज्रिएका सामान जफत

भद्रपुर ७ कात्तिक । झापाको सदरमुकाम रहेको भद्रपुरमा बजार अनुगमनलाई तीव्रता दिइएको छ ।
खाद्य सामग्रीको बढी उपभोग हुने चाड तिहार नजिकिँदै गएको बेला नगरपालिकाले विभिन्न किराना तथा मिठाइका परिकारहरु बनाइने होटलहरुको अनुगमन गरेको छ ।
उपप्रमुख तथा अनुगमन समितिकी संयोजक राधा कार्कीको नेतृत्वमा लगातार दुई दिन गरिएको अनुगमनका क्रममा केही पसलहरुबाट म्याद गुज्रिएका, अखाद्य रङमिसाएर बनाइएका खाद्यपदार्थ फेला परेको र ती सामग्री जफत गरिएको नगरपालिकाको राजश्व शाखा प्रमुख तथा बजार अनुगमन समितिका सदस्य सचिव सुशील कर्णले जानकारी दिए । मंगलबार र बुधबार नगरका २८ वटा पसलमा अनुगमन गरिएको उनले जानकारी दिए ।
कर्णका अनुसार मंगलबार भद्रपुर १ को सीता किराना पसल, घिमिरे किराना पसल, गंगाा किराना, कृष्ण किराना, उर्मिला किराना पसल शिवशरण राजवंशीले सञ्चालन गरेको टेलर्स, भद्रपुर २ मा साई भण्डार, सलिना किराना, नविन किराना, धुमला भेराइटिज, भद्रपुर ८ मा हाम्रो किराना, सगरमाथा डेरी, निरज किराना, पाथिभरा ज्वेलर्स, पाण्डे पान पसल र गायत्रीप्रसाद रिजालले सञ्चालन गरेको पसलमा अनुगमन गरिएको थियो भने बुधबार भद्रपुर ५ को कृष्ण किराना, शिवम् किराना, भद्रपुर ८ को दिपमन फलफूल पसल, अनु स्टोर, आधुनिक फ्रेस हाउस, भद्रपुर ९ को नूरी किराना, उमा किराना, गंगा किराना, कविता किराना, भण्डारी किराना, पारिजात मिनी मार्ट, पौडेल किराना, सिताराम स्टोर्स र शुभम् स्टोरमा अनुगमन गरिएको छ ।
अनुगमन टोलीमा खाद्य तथा गुण नियन्त्रण कार्यालयकी खाद्य अनुसन्धान अधिकृत संगीता शाह, जिल्ला प्रशासन कार्यालय झापाका जगन्नाथ गरागाईं, घरेलु तथा साना उद्योग कार्यालयका जानकी भट्टराई, गुणस्तर तथा नापतौल कार्यालयका हरेराम महतो कामिन राजवंशी, झापा उद्योग वाणिज्य संघका विशिष्ट सदस्य खड्क लिम्बू नगरपालिकाको कानून शाखाका प्रमुख राजेन्द्रप्रसाद ढकाल, वडा प्रहरी कार्यालय भद्रपुरका सुमन मगर, नगर प्रहरीलगायत सहभागी रहेको कर्णले जानकारी दिए ।
अघिल्ला अनुगमनहरुले बजारमा सकारात्मक प्रभाव पारेको बताउँदै अनुगमन टोलीकी संयोजक कार्कीले यसपटकको अनुगमनका क्रममा व्यवसायीहरुमा निकै सचेतता भएको पाइएको बताइन् । ‘अघिल्लो वर्ष हामीले म्याद गुज्रिएका, फाहोेर–सडेगलेका, अखाद्य मिसावट गरिएका सामग्री धेरै बरामद गरेका थियौं, यसपटकको अनुगमनमा त्यस्ता सामग्री निकै कम बरामद गरिएको छ, यसको अर्थ सबैमा सचेतना आउँदै गएको छ भन्ने बुझ्नुपर्ने हुन्छ ।’ बजार अनुगमनलाई निरन्तरता दिइने बताउँदै संयोजक कार्कीले उपभोक्ता पनि सदैव सजक र सचेत रहनुपर्ने औंल्याइन् । उनले सामान किन्दा त्यो सामानको म्याद हेर्न र अनिवार्य रुपमा सामानको बिल लिन भद्रपुरवासी उपभोक्ताहरुलाई आग्रह पनि गरेकी छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2भद्रपुरमा बजार अनुगमन, अखाद्य र म्याद गुज्रिएका सामान जफत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img