भद्रपुर १५ भदौ । नेपाल निजामती कर्मचारी संगठन तथा राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि भद्रपुर झापाले सहिद प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कार २०८१ बाट एक पत्रकारसहित ३ जनालाई सम्मान गरेको छ । सनिबार चन्द्रगढीमा आयोजित कार्यक्रममा किङ एफ एम दमकमा कार्य रत तथा प्रेस चौतारि झापा अध्यक्ष पत्रकार मनकुमार गदाललाई नगद सहित प्रशंसा पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो ।
यसै गरी स्व. प्रमोद तामाङ स्मृति उत्कृष्ट राष्ट्र सेवक पुरस्कारबाट स्वास्थ्य कार्यालय भद्रपुरका मनोज भट्टराई र कोष तथा लेखा नियन्त्रण कार्यालय झापाका कृष्ण शर्मालाई वर्ष उत्कृष्ट कर्मचारीबाट सम्मान गरिएको थियो ।
सम्मानितलाई प्रमुख अतिथि प्रदेश सांसद छविलाल चुडाल, संगठन झापा अध्यक्ष केदार पोखरेल, सहकारी अध्यक्ष वशिष्ठ अधिकारी लगायतले नगद सहित प्रशंसा पत्र प्रदान गरे । संगठन झापा अध्यक्ष पोखरेलको अध्यक्षता तथा सहकारी अध्यक्ष वशिष्ठ अधिकारिको संचालनमा सम्पन्न कार्यक्रमको स्वागत सीता गुरागाईले गरेकी थिइन्। कार्यक्रममा प्रमुख अतिथ चुडाल, तेजु रेग्मी, निर्माण नेपाल, सम्मानित पत्रकार गदाल लगायतले मन्तव्य राखेका थिए । सोही कार्यक्रममा हरितालिका तीजको दरखाने कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।