बिर्तामोड १४ भदौं । खाध्य स्वच्छता सम्बन्धी एक दिवसीय तालिम बिर्तामोडमा सम्पन्न भएकाे छ। दुग्ध , पाउरोटी र पानी उद्योगका लागि सरसफाई तथा स्वच्छता सम्वन्धी एक दिवसीय तालिम बिर्तामोडमा सम्पन्न भएकाे हाे । बिल्ज ईन्सटरुममेन्टस नेपाल प्रा .लि ललितपुरको आयोजना , खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भद्रपुर र नेपाल एग्रीकलचर मार्केट डेभलपमेन्ट प्रोग्रामको सहयोगमा भएको उक्त तालिममा डेरी, बेकरी, पानी,जुस उद्योगका पचास जना संचालकहरु सहभागी थिए।
बिर्तामोडको होटल टाईमलेसमा संचालन भएको उक्त तालिमका सहभागीहरूलाई खाध्य स्वच्छता संग सम्बन्धि विषयबस्तुमा आस्था कोइराला, बिल्जका व्यवस्थापक राजकुमार गुप्ता गुप्ता र खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक ताराराज पोखरेलले सहजीकरण गरेका थिए। यस अघि यो तालिम बिराटनगर र दमकमा संचालन भैसकेको आयोजकले जनाएको छ ।