Homeसमाचारमहिलाको सीप: रछ्यानमा फालिने खोसेलाबाट बुके, ब्याच र शिरफुल

महिलाको सीप: रछ्यानमा फालिने खोसेलाबाट बुके, ब्याच र शिरफुल

बिर्तामोड भदौं । गाईबस्तुलाई खुवाउन मुख्य प्रयोग गरिने खोसेलाबाट कनकाई नवोदय महिला उद्यमी कृषक समूह सुरुङ्गामा आवद्ध महिलाले शिरमा लगाउने शिरफुलदेखि ब्याज र बुझे बनाउन सिके ।
हजुरआमा पुस्ता मध्ये कसैकसैले बस्नका लागि खोसेलाको पिरा बुन्ने गरेको देखे सुनेपनि त्यसबाट अन्य सौन्दर्य सामग्रीको परिकल्पना खासै हुन सकेको थिएन । नेपाली उखान ‘जाने श्रीखण्ड नजाने खुर्पाको बींड’ अपवादका रुपमा कसैकसैले पिरा बन्ने, गाई बस्तुलाई खुवाउँदा पनि नसकिए रछ्यानमा फाल्ने तथा मलखाडीमा कुहाएर मल बनाउने मकैको खोसेलालाई महिलाहरुले श्रीखण्ड बनाइदिएका छन् । उनीहरुले आफैंले लगाउने शिरफुल देखि ब्याज, बुके बनाएपछि कुहिएर जाने खोसेलो अतिथिका छातीमा टाँसिनुका साथै बुके घर–घरमा सजिन पुगेको हो ।
समूहकी अध्यक्ष सावित्रा दाहालले महिलाले घरैमा बसेर सानो लगानीमा सौन्दर्यका सामग्री उत्पादन गर्न सक्ने खोसेलाबाट बनेका सामग्रीले प्रष्ट्याएको बताइन् । महिलालाई स्वाबलम्बी बन्न र उद्यमसंग जोड्नका आफूले खोसेलाबाट बनाउन सकिने तालिमको अवधारणा ल्याएको बताइन ।
सीप सिक्न विभिन्न संघसंस्था र सहकारीहरुले उत्प्रेरित गरेसंगै महिलामा सीप र श्रमप्रतिको मोह बढेको हो । सीपमा मोह बढेसंगै कोही सामुहिक रुपमा त कोही व्यक्तिगत रुपमा सीपलाई उद्यममा परिणत गर्न तल्लिन छन् ।
महिलाले आफ्नै घर वरपर खेर गइरहेका तथा सहि सदुपयोग हुन नसकेका सामग्रीहरुको उपयोग गरेर पूजामा जलाउने धुपदेखि कार्यक्रममा अतिथिलाई मायाको चिनो स्वरुप दिइने फूलसम्म बनाउने गरेका छन् ।
आफूले बनाएका सामग्रीको प्रवद्र्धन गर्न उनीहरु उत्तिकै लालायित उनीहरुले उत्पादन गरेका सामग्रीहरुलाई धेर–थोर जति भएपनि सामुहिक कार्यक्रममा मायाको चिनोको रुपमा प्रयोग गर्न थालिएको छ ।
गत शनिवार सुगम शान्ति टोल महिला विकास संस्थामा आवद्ध महिलाहरुले उत्पादन गरेको हाते धुप अतिथिहरुका हात हातमा पुर्याइयो । मायाको चिनोको रुपमा धुप प्रधान गर्दै गर्दा उद्घोषकले सगर्व भनिन्–यो हाम्रै महिला दिदी–बहिनीले उत्पादन गरेको धुप हो ।’ टोलका महिलाहरुले उत्पादन गरेको धुपको बजारीकरण हुन नसक्दा उनीहरुले चाहेजति उत्पादन गर्न नपाएको सचिव रिजालले बताइन् । उनले भनिन्–‘सामान्य बाती भन्दा अलि महंगो पर्ने भएकाले पनि होला बजार लिन सकेको छैन उनले थपिन्–‘माग भए उत्पादन जतिपनि गर्न सकिन्छ, अहिले गाउँघरमा भने त्यही प्रयोग भइरहेको छ ।’
केही दिन अघि महिलालाई डिजिटल मार्केटिङ सम्बन्धी तालिम आयोजना गरेको नेपाल उद्यमशिल महिला संघ झापाले महिलाले उत्पादन गरेका कपडाको झोला र फूलको प्रयोग गर्यो । सामान खरिद (सपिङ)का लागि उपयोगी झोलालाई उद्यमी समूहमा आवद्ध महिलाहरु आफैंले उत्पादन गरेको अध्यक्ष पार्वता खरेलले बताइन् ।
आफ्नो उत्पादन मायाको चिनोको रुपमा वितरण हुँदा एकदमै खुशी लागेको उद्यमी निर्मला चौहानले बताइन् । उद्यमीको तालिममा प्रमुख अतिथिदेखि प्रशिक्षकसम्मलाई उनले उत्पादन गरेको झोला प्रदान गरिएको थियो । झापामा स्थापित महिला उद्यमी चौहान खेर जाने सामग्रीलाई पुन: प्रयोग गरेर झोला, फुल, मन्दिरमा जाँदा प्रयोग गरिने ढाकी, माला लगायतका सामग्री उत्पादन गर्दै आएकी छन् । चौहानले भनिन् आफ्नो उत्पादन प्रसादको रुपमा अतिथिको हातमा पुग्दा यति धेरै आनन्द आउँछ, गर्वले छाती ठूलो हुन्छ ।’
त्यसो त आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले आफ्नो फोनिजको रजत महोत्सवको उद्घाटन सत्रमा पहिचान झल्कने सामग्री राख्नुका साथै हातले बुनेको सिलामसाक्मा लगाइदियो । उनीको घागो र बाँसको सिन्का प्रयोग गरेर बनाइएको काँकरभिट्टाकी मनु योङहाङ फियाकले बनाएको हो । सिलाम साक्मा बनाउन सिक्दै गरेकी मनुलाई प्रोत्साहन गर्ने उद्देश्यले घरैमा बुनेको सिलाम साक्मा ल्याएको आदिवासी जनजाति पत्रकार महासंघ झापाकी अध्यक्ष भूमिका लिम्बुले बताइन् । उनले भनिन्–‘सिकेर केही गर्छु भनेर अघि बढ्न खोज्नेलाई सकेसम्म प्रोत्साहन गर्ने हो ।’ के हो सिलामसाक्मा ?
सिलाम साक्माको अर्थ यसप्रकार छ– ’सि’ भनेको मृत्यु, ’लाम’ भनेको बाटो र ’साक्मा’ भनेको थुन्नु हो । यसरी हेर्दा सिलाम साक्माको अर्थ मृत्युको बाटो थुन्नुहुन्छ । अर्थात् यो लगाएपछि मृत्युको बाटो थुनिने वा विभिन्न महामारीबाट जोगिने विश्वास रहिआएको छ ।
सिलामसाक्माको किंवदन्ती महामारीसंग जोडिएको पाइन्छ । कुनै बेला गाउँमा महामारी फैलियो ।
उक्त महामारीमा गाउँका धेरै मान्छेहरु मरे । सबैभन्दा धेरै केतेन हाङ्बा, केतेन हाङ्माले सन्तान गुमाउनु परेपछि महामारीबाट बच्ने उपाय खोज्ने क्रममा उनीहरु सेदुङ्गेन लम्फुहाङसमक्ष पुगे र बिन्ती गरे ।
ध्यानपूर्वक कुरा सुनेका लम्फुहाङ्ले शुभदिन पारी केतेन दम्पत्तीको घरमा फेन्जिरी फेदासाम्बा र उनका चेला फेन्जिरी हाङ्बा फेदाङ्वालाई पठाइदिन्छु ।
त्यसपछि समस्या समाधान हुनेछ भन्दै पठाए । लम्फूहाङले भने अनुसार फेन्जिरी फेदासाम्बा र उनका चेला फेन्जिरी हाङ्बा फेदाङ्वा गुरुचेलालाई केतेन दम्पत्तीका घर पुगे ।
गुरुचेलाले महामारीबाट हुने मृत्यु रोक्न केही सेवाकार्य गरी उनीहरले दुईवटा घोङरिङ्को डन्डी खुर्केर दुवै छेउमा फुर्को निकाली दुवै डन्डीलाई रङगीचङगी धागोले नौ फन्को बाँधे। यसरी सर्वप्रथम उनीहरुले सिलामसाक्मा बनाई प्रयोग गरेसंगै सिलासाक्माको उत्पति भएको मानिन्छ ।
पछिल्लो समय महिलाहरु घरको काम सकेर फुर्सदको समयमा उत्पादनमुलक काममा लाग्दा त्यसको लाभ बालबच्चा र परिवारमा पुग्ने सप्तकोशी बैंकका अध्यक्ष दिनेश पोखरेलले बताए ।
बिहान सबैभन्दा पहिले उठेर बेलुका नसुतुञ्जेल गरेको महिलाको कामको कामलाई भ्यालुलेस भएको बताउँदै उनले भने–‘अहिले पनि नानीहरुलाई आमा के गर्नुहुन्छ ? भन्यो भने उसले भात पकाउनु हुन्छ भन्छ ।’ यो हाम्रो सामाजिक परम्परा र मनोविज्ञानको समस्या हो । केही गरौं भनेर उत्साहित महिलालाई प्रोत्साहन जरुरी छ ।
स्थानीय सरकारले चाहेमा आफ्नो पालिकामा प्लाष्टिकजन्य सामग्रीमा प्रतिवन्ध गराएर स्थानीय महिलाहरुले उत्पादन गरेका सामग्रीलाई प्रयोगमा ल्याउने हो भने पनि समृद्ध नेपाल र सुखी नेपाली बनाउन सहयोग पुग्नेछ ।

ई प्रयोगमा ल्याउने हो भने पनि समृद्ध नेपाल र सुखी नेपाली बनाउन सहयोग पुग्नेछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमहिलाको सीप: रछ्यानमा फालिने खोसेलाबाट बुके, ब्याच र शिरफुल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img