Homeसमाचारकनकाई नवोदय महिला उद्धमी कृषक समूहको तालिम समापन र तीजमिलन कार्यक्रम

कनकाई नवोदय महिला उद्धमी कृषक समूहको तालिम समापन र तीजमिलन कार्यक्रम

सुरुङ्गा ९ भदौं । कनकाई नवोदय महिला उद्धमी कृषक समूहले तीज मिलन तथा सातदिने तालिमको आज आयोजित एक कार्यक्रमका साथ समापन गरेको छ । स्थानीय ज्येष्ठ नागरिक भवनमा आयोजित तालिम समापन तथा तीज मिलन कार्यक्रमको अध्यक्षता कृषक समूहकी अध्यक्ष सावित्रा दाहालले गरेकी थिइन् ।
समूहले महिलाहरुलाई सीप सिकाउने उद्देश्यले विगत एकहप्तादेखि खोसेलाको प्रयोग गरि विभिन्न किसिमका सामग्रीहरु बनाउन सिकाउँदै आएको थियो । महिलाहरुले मकैको खोसेलाबाट महिलाले शिरमा लगाउने शिरफुलदेखि कार्यक्रममा लगाउने ब्याज, बुके लगायतका सामग्रीहरु निर्माण गरेका थिए ।

कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, चेम्बर अफ कमर्श झापाकी उपाध्यक्ष भीमा शिवाकोटी, कनकाई नगरपालिका नगरपरिषद सदस्य निर्मला खड्का, जामुनखाडी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष पर्शुराम गिरी, कनकाई धार्मिक तथा पर्यटकीय क्षेत्रका अध्यक्ष शेरबहादुर थापा, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, सिद्धेश्वर शिवालय मन्दिरका अध्यक्ष बालकृष्ण सिटौला, कनकाई बिहानी क्लबका अध्यक्ष लोकनाथ उप्रेती, तालिमका प्रशिक्षक मिरा खवास, पारिजात महिला समूहकी अध्यक्ष तुलसा थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समूहकी अध्यक्ष सावित्रा दाहालले औचित्य माथि प्रकाश पारेको कार्यक्रममा स्वागत बिनाकुमारी थपलियाले गरेकी थिइन् । कार्यक्रममा महिलाहरुले परम्परागत संगिनी नाच, बालबालिका र समहूमा आवद्ध महिलाहरुले विभिन्न राष्ट्रभावले ओतप्रोत भएका गीत तथा नृत्य साथै तीजका गीतमा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए । सो अवसरमा सुस्त मनस्थिति भएका बालबालिकालाई समेत तीजको दर खुवाइएको अध्यक्ष दाहालले जानकारी दिइन् । कार्यक्रमको सञ्चालन लक्ष्मी काफ्ले सुवेदीले गरेकी थिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकनकाई नवोदय महिला उद्धमी कृषक समूहको तालिम समापन र तीजमिलन कार्यक्रम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img