भाद्र ११, बिर्तामोड । नेवा: पासा मुना पुच: बिर्तामोडको आयोजनामा नाग पञ्चमीका दिन देखि बिर्तामोडमा शुभारम्भ गरिएको ‘लाखे जात्रा’ समापन गरिएको छ ।
नेवा: पासा मुना पुच:बिर्तामोडले नेवा:छे भवन बिर्तामोड ४ मा आज एक कार्यक्रमको आयोजना गरि यस:बर्षको ‘लाखे जात्रा’ समापन गरेको हो ।
‘लाखे जात्रा’ समापन कार्यक्रममा नेवा: पासा मुना पुच:बिर्तामोडले बिर्तामोड नगरपालिकाबाट यस बर्ष एस ई .ई मा उत्कृष्ट नतिजा हासिल गरी परिक्षा उत्तिर्ण गर्ने नेवार समुदायका चार विधार्थीलाई नगद पुरस्कार सहित सम्मान पत्रले सम्मान गरिएको छ । सामुदायिक विद्यालय देवी माविका छात्रा संध्या श्रेष्ठ , मोहनमाया माध्यमिक विद्यालयका छात्र रूपेन्द्र श्रेष्ठ, निजी विद्यालय लिटल फल्वार्स बोर्डिङ स्कूलका निस्ना श्रेष्ठ र समिलमान श्रेष्ठलाई संस्थाका अध्यक्ष दिनेश श्रेष्ठ, पुर्व अध्यक्ष ईश्वरा श्रेष्ठ र सल्लाहकारहरुले नगद सहित सम्मान पत्र प्रदान गरेका थिए।
संस्थाका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा बिर्तामोड वडा नं ४ का वडा सदस्य केशव श्रेष्ठ, वडा नं ५ का वडा सदस्य दुर्गा शिवाकोटीले संस्कृति संरक्षणमा नेवा :संस्था नेवा: पासा मुना पुच: र युवा पुस्ताले देखाएको तदरूकताको प्रसंसा गरे ।
”जात्रा प्रदर्शनी सामान्य कुरा नभएको यसका लागि ठुलो मिहिनेत र पुर्व तयारी आवश्यक पर्ने उल्लेख गर्दै १९ दिन सम्म प्रदर्शन गरिएको उक्त लाखे नाचको तयारी तीन महिना अघिदेखि गरिएको संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले बताए”‘ । भाषा र संस्कृति संरक्षणमा निरंतर रूपमा नेवा समुदाय लागि रहने बताउदै उनले जात्रा सफलता पुर्वक सम्पन्न गराउन सहयोग पुरयाउने सबैमा आभार प्रकट गरे ।
लाखे संरक्षक लक्ष्मी श्रेष्ठले लाखेका बारेमा चर्चा र संयोजक प्रविण शाक्यले लाखे जात्रा शुभारम्भ देखि समापन सम्म निरन्तरता रुपमा साथ र सहयोग गर्ने लाखे टिम लगायत सबैमा धन्यवाद व्यक्त गरे । साथै जात्रा सफलता पुर्वक सम्पन्न गराउने लाखे टिम , धिमेबाजा तथा नृत्य टिम, समाचार सम्प्रेषण गरी सहयोग पुरयाउने पत्रकार सबै गरी सय जनालाई लाखे संयोजक, संस्थाका अध्यक्ष , पुर्व अध्यक्ष तथा सल्लाहकारहरुको हात बाट ‘लाखे’ अंकित व्याज बितरण गरी सम्मान गरिएको संस्थाका सचिव मिलन शाक्यले जानकारी दिए।
संस्थाका उपाध्यक्ष राजीव श्रेष्ठले स्वागत र सचिव मिलन शाक्यले संचालन गरेको कार्यक्रममा संस्थाका पुर्व अध्यक्षहरू,सल्लाहकार, अग्रज व्यक्तित्वहरु र सदस्यहरूको उपस्थिति रहेको थियो ।
नाग पञ्चमी देखि भिमसेन मन्दिरमा विधिवत् रूपमा पुजाआजा गरी शुभारम्भ गरिएको ‘लाखे जात्रा ‘बिर्तामोडको विभिन्न स्थान, निजी विद्यालय र चौक चौकमा प्रदर्शन गरिएको थियो । यस पटक बिर्तामोडमा पहिलो नेवा : पासा मुना पुच:को संयोजन र नेवा:खल पुच: झापाको आयोजनामा सात वटा नेवा:खल, झिगु समाज दमक, नेवा:खल धुलावारी,नेवा: पासा मुना पुच:बिर्तामोड, बाहुनडाँगी, नेवा समाज काकडभिट्टा,नेवाः समाज कल्याण गुठी भद्रपुर १-२-३. ले सामुहिक लाखे र्याली, प्रदर्शनी र साँस्कृतिक गरेको थियो ।