Homeसमाचारघेराबारी नेपाल भारत दशगजा क्षेत्रमा भारतीयद्वारा बाटो खनेपछि अवरोध

घेराबारी नेपाल भारत दशगजा क्षेत्रमा भारतीयद्वारा बाटो खनेपछि अवरोध

भद्रपुर ९ भदौ । झापाको कचनकवल गाउँपालिका वडा नं.–१ घेराबारी स्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयबासीले प्रतिवाद गरेका छन् ।
गए रातिदेखि भारतीय नागरिकले बाटो खन्न शुरु गरेपछि स्थानीयले प्रतिरोध (अवरोध) गरेको कचनकवल–१ का वडाध्यक्ष रञ्जीत लिम्बू जानकारी दिए । ‘दशगजामा भारतीय नागरिकले बाटो खनेको थाहा पाएपछि हामीले रोकेका हौैँ’, उनले भने, ‘मान्छे नभएको बेला पारेर। राति–राति बाटो खन्ने गरिएको छ ।” यसअघि पनि पटक–पटक बाटो खन्न खोज्दा अवरोध गरिएको थियो ।
हाल सो ठाउँमा लगभग १५० मिटर बाटो खनिसकेको उनले बताए । ‘हामीले खनिएको बाटो पुर्न खोजिरहेका छौं’ उनले भने “तर, हामीलाई दिइएको छैन ।” कचनकवल–१ को वडा कार्यालयदेखि झण्डै चार सय मिटरको दूरीमा रहेको दशगजा बाटो खनिएको उनले बताए ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दशगजा नजिकै सडक बाटो बनाउने कार्य भइरहेकाले विवाद भएको बताएका छन् । हाल काम बन्द भएको र छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिए।
यसअघि पनि सो क्षेत्रमा बाटो बनाउँदा विवाद भएको र विवादपछि बाटो निर्माण कार्य बन्द गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाले जनाएको छ । सोही बाटो भारतीय पक्षले मर्मत गर्न खोजेपछि नेपाली पक्षबाट अवरोध भएको सशस्त्र प्रहरीले जनाएको छ । विवाद समाधानका लागि पहल भइरहेको जनाइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारघेराबारी नेपाल भारत दशगजा क्षेत्रमा भारतीयद्वारा बाटो खनेपछि अवरोध
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img