बिर्तामोड ९ भदौ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) झापाले स्थापनाको २५ औं (रजत) बर्ष को अवसर पारेर झापामा आदिवासी जनजाति पत्रकारको अवस्था र पहुँचका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । रजत वर्षको अवसरमा शुभकामना आदान प्रदान गर्दै पत्रकारितामा संघीयता र समावेशीताको मर्म अनुसार कार्यान्वयन हुन नसकेको औल्याइएको छ ।
कार्यक्रममा सहभागी पत्रकार आवद्ध विभिन्न संघ संगठनका प्रमुखहरुले ब्यवहारिक समवेशी पत्रकारितामा जोड दिएका थिए । फोनिज झापाकी अध्यक्ष भूमिका पिmयाक लिम्बुको अध्यक्षता र फोनिजका संघीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा फोनिज झापाका संस्थापक अध्यक्ष दिपिन राईले झापामा आदिवासी जनजाति पत्रकारको अवस्था र पहुँच विषयक कार्यपत्र प्रस्तुत गरे । प्रस्तुत कार्यपत्रमाथि समावेशी पत्रकारिता र आम सञ्चार पुस्तकका लेखक तथा नेपाल पत्रकार महासंघ झापा शाखाका निवर्तमान अध्यक्ष तारामणि सापकोटाले टिप्पणी गरेका थिए ।
कार्यपत्रमाथि टिप्पणी गर्दै संविधानले परिकल्पना गरे अनुसारको समावेशीता सिद्धान्त कार्यान्वयनमा सञ्चार क्षेत्रमा नदेखिएको बताउँदै सदनमा प्रस्तावित विधेयकमा पनि संघीयता र समावेशीतालाई नचिनेको दावी गरेका छन् । अहिलेसम्म पत्रकारिता र राजनीतिक शास्त्रबारे शैक्षिक संस्थाहरुमा पढाई नहुनुले पनि समावेशीता र संघीयता बुझ्न र कार्यान्वयन गर्न कठिन रहेको उनको भनाई छ ।
कार्यक्रममा प्रमुख अतिथि देवान, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, पत्रकार सुव्रत न्यौपाने, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, प्रेस युनियन कोशी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, पत्रकार महासंघ झापाका सचिव डिकेश लामा, प्रेस सेन्टर झापाका सचिव पुष्प खड्का, दलित पत्रकार संघ झापाका उपाध्यक्ष प्रदीप परियार, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, नेपाल खेलकूद पत्रकार मञ्च तथा फोटो पत्रकार संघ झापाका अध्यक्ष इन्द्रजीत मुखिया, फोनिजकी संघीय सदस्य सुजता लिम्बु, समाजवादी प्रेस संगठनका झापा अध्यक्ष शम्भूजित दाहाललगायतका बक्ताले समावेशिता पत्रकारितालाई जोड दिनुपर्ने धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव तीलक योन्जनले गरेका थिए ।
सन्दर्भ फोनिज रजत वर्ष: संविधानको मर्म अनुसार संघीयता कार्यान्वयन नभएको ठहर

































































































