HomeFeatured 2सुगम शान्ति टोल महिला विकास संस्थाको तीज मिलन कार्यक्रम

सुगम शान्ति टोल महिला विकास संस्थाको तीज मिलन कार्यक्रम

बिर्तामोड ८ भदौ । बिर्तामोड नगरपालिका वडा नं.–६ स्थित सुगम शान्ति टोल महिला विकास संस्थाले तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
सुगम शान्ति टोल महिला समूहकी अध्यक्ष विमला प्रधानको अध्यक्षता तथा बिर्तामोड नगरपालिका का प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि महताराले महिलाको सांस्कृतिक पर्व तीज चेली र माइतीबीचको सुमधुर सम्बन्धको प्रतिक भएको बताइन ।
तीजको परम्परागत महत्व जति थियो अहिले त्यो भन्दा फरक भएपनि त्यसले पारेका दुरगामी प्रभाव भने जिवितै रहेको बताइन् । महिलाहरुको अथक प्रयास र योगदानबाट अहिलेको अवस्थामा आइपुगेको भएपनि केही महिलाले अझैपनि पीडा खेप्नु परेको बताइन् । त्यसमा सामाजिक संरचनागत सोच र महिला महिलाभित्रैका कमजोरीका कारण महिलाले पनि काम गर्न सक्छन् भन्ने विश्वास कायम गर्न चुनौति रहेको बताइन् ।
कार्यक्रमका बिशिष्ठ अतिथि बिर्तामोड नगरपालिका वडा नं.–६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङवाले तीजको मूल्य मान्यता, मौलिकता, तीजले दिने सन्देश तथा हाम्रा आमा हजुर आमाका लागि तीज किन महत्वको थियो भन्ने स्पष्ट पारे ।
बाल्यकालमा बिहे गरेर घर पठाएका छोरीले वर्षदिनसम्म माइत आउन नपाउँदा छोरी चेली सम्झेर माइतीलाई पर्ने पीर र छोरीले घरमा खेप्नुपर्ने बुहार्तनका बारेमा स्पष्ट पार्दै अध्यक्ष कन्दङ्वाले परम्परा र संस्कृति संरक्षण गर्नु सबैको जिम्मेवारी र दायित्व रहेको बताए ।
सो अवसरमा बिर्तामोड नगरपालिका वडा नं.–६ की महिला सदस्य गीता रेग्मी, सुगम शान्ति टोल विकास संस्थाका अध्यक्ष सुवास भट्टराई, नेपाल उद्यमशिल महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा शारीरिक रुपमा असक्त १७ वर्षिय सुनिता शर्मालाई नगद सहयोग समेत गरिएको थियो ।
कार्यक्रमको औचित्यमाथि सल्लाहकार यशोदा प्रसाई भट्टराईले प्रकाश पारेको कार्यक्रममा स्वागत उपाध्यक्ष राधा डाँगीले गरेकी थिइन् । संस्थाकी सचिव चन्द्रकला रिजाल भट्टराईले सञ्चालन गरेको कार्यक्रममा परम्परागत संगिनी नृत्य समेत प्रस्तुत गरिएको कार्यक्रममा परम्परागत संगिनी नृत्य तथा विभिन्न मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सुगम शान्ति टोल महिला विकास संस्थाको तीज मिलन कार्यक्रम
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img