Homeसमाचारजिल्ला अदालत झापामा प्रमुख न्यायाधिस लुईँटेललाई स्वागत

जिल्ला अदालत झापामा प्रमुख न्यायाधिस लुईँटेललाई स्वागत

भद्रपुर ८ भदौ । झापा जिल्ला अदालतमा २ बर्षको कार्यकाल पूरा गरी प्रमुख न्यायाधीश अशोककुमार बस्नेतको सरूवा भएपछी प्रमुख न्यायाधीशको रुपमा आएका उमेशप्रसाद लुइटेल स्वागत गरिएको छ । अदालतका कर्मचारीहरुले एक कार्यक्रमको आयोजना गरी न्यायाधिश लुईँटेललाई स्वागत गरेका हुन् ।
न्यायाधीशहरु प्रकाशकुमार अधिकारी, तेजबहादुर खड्का, नविनकुमार जोशी, नगेन्द्रकेशरी पोखरेल, रामप्रसाद पौडेल, श्रेस्तेदार किरणकुमार सिंह लगायत अदालतका कर्मचारीहरु समेतको उपस्थिति रहेको सो कार्यक्रमको संचालन अदालतको प्रशासन शाखाका शाखा अधिकृत रामचन्द्र बस्नेतले गरे ।
सो अवसरमा न्यायाधीश लुईटेलले अदालती काम कारवाहीमा ढिलासुस्ती, पक्षपात हुन्छ भन्ने गुनासो कम गर्न अदालतबाट प्रवाह गरिने सेवामा अझ सुधार गरी पारदर्शी, छिटोछरितो, सरल एवं जनमैत्री बनाउने बताए ।
अदालतप्रति जनताको जनविश्वास बढाउने अदालतको लक्ष्य रहेको स्पष्ट पार्दै प्रमुख न्यायाधीश लुईटेलले अदालतको रणनीतिक योजना अनुसार अब न्यायिक काम कारबाहीमा ढिलासुस्ती र पक्षपात हुने गरेको गुनासो आउन नदिने गरी काम गर्न अदालतका सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन दिए ।
सो अवसरमा न्याय सम्पादनलाई अझ प्रभावकारी बनाउन कर्मचारीले उत्कृष्ठ र नतिजामुखी काम गर्नू आवश्यक रहेको न्यायाधीश तेजबहादुर खड्काले बताए ।
त्यस्तैगरी, मुद्दाको संख्या बढ्दै गएको छ तरपनि अदालतको पूर्वाधार र जनशक्ति अभावका बाबजुद गुनासो नआउने गरी काम गरिने भनी अदालतका श्रेस्तेदार सिंहले बताए ।
झापा अदालतमा ९ जना न्यायाधीशको दरबन्दी रहेकोमा हाल ७ जना न्यायाधीश रहेका छन् । सामान्यतयः २र२ बर्षमा न्यायाधीशको सरुवा हुने गरेकोछ । सरुवा भएर आएका अर्का न्यायाधीश महेन्द्रप्रसाद पोखरेल समेतलाई सोही कार्यक्रममा स्वागत गरिएको अदालत प्रशासनले जनाएको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजिल्ला अदालत झापामा प्रमुख न्यायाधिस लुईँटेललाई स्वागत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img