Homeसमाचारमहिला संघको अभिमुखिकरण तालिम सम्पन्न

महिला संघको अभिमुखिकरण तालिम सम्पन्न

गौरादह ७ भदौ । नेपाल महिला संघ झापाको आयोजना र क्षेत्रीय समितिहरुको संयोजनमा झापाका पाँचवटै क्षेत्रमा महिला लक्षित अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
गत भदौ १ गते झापा क्षेत्र नं–२ बाट शुरु भएको प्रशिक्षण आज क्षेत्र नं–५ को गौरादहमा समापन गरिएको हो । गौरादहस्थित वीपी स्मृति भवनमा आयोजित प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै नेपाली कांग्रेस झापाका कार्यबाहक सभापति एवं कार्यक्रमका प्रमुख अतिथि केशवराज पाण्डेले लोकतन्त्र र कांग्रेस बलियो भएमात्रै मुलुक बलियो हुने धारणा राखे । आलोचनाबाट डराएर राजनीति नहुने बताउँदै काबा सभापति पाण्डेले सक्रियतापूर्वक अगाडि बढ्न र सांगठनिक गतिविधि गरिरहन कार्यकर्तालाई आग्रह गरे।
नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटीले महिला संघ नेपाली कांग्रेसको सबैभन्दा पुरानो भातृ संगठन भएपनि अहिलेसम्म चौथो महाधिवेशन मै अड्किएको तर सँगै स्थापना भएको नेपाली कांग्रेस पार्टी १५ औं महाधिवेशन सम्म पुगेको उल्लेख गर्दै यसले महिलाहरू पछाडि परेको उदाहरण प्रस्तुत गर्ने बताइन। पछौटेपनको अन्त्यका लागि महिला चेतना र जागरणको खाँचो शिवाकोटीले औल्याए ।
नेपाल महिला संघ झापा अध्यक्ष टिका सिटौला मैनालीले जिल्लाका ५ वटै क्षेत्रमा सञ्चालित अभिमुखकरण प्रशिक्षणले नेपाली कांग्रेस र महिला संघ बलियो हुने विश्वास व्यक्त गर्दै म होइन हामी भन्ने धारणा राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य चन्द्रा खड्का भट्टराई, नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराई, सचिव कृष्ण हुमागाई, गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फुलवती राजवंशी, प्रजातान्त्रिक सेनानी संघका केन्द्रीय प्रतिनिधि देवी डाँगी, महाधिवेशन प्रतिनिधि अनिलकृष्ण प्रसाई, रोहित शाह, खगेन्द्रपाण्डव अधिकारी, नेपाली कांग्रेस झापाका सदस्यहरु रामकुमारी पौडेल, मन्दरा पौडेल, सरस्वती सेढाई, रोशन विष्ट, मेनुका बुढाथोकी, रश्मिशेखर सुवेदी, नेपाल महिला संघ केन्द्रीय सदस्य लक्ष्मी बारकोटी प्रसाई, झापा उपाध्यक्ष नौतली राजवंशी, सचिव उर्मिला ढकाल पोखरेल, जिल्ला सदस्य सिता बास्कोटा, पार्टीका क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा महिलाको नेतृत्व विकासका विषयमा बद्री कार्की, संविधान–कानूनमा महिला अधिकार सम्बन्धि ब्यवस्थाका विषयमा नारायण पौडेल र नेपालको प्रजातान्त्रिक आन्दोलन र महिला संघका विषयमा चेतामणि खनालले प्रशिक्षण दिए ।
नेपाल महिला संघ ५ नम्बर क्षेत्रीय सभापति गोमा बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत चन्द्रकला सिग्देल र सञ्चालन कल्पना थापा र निर्मला बजगाईले संयुक्त रुपमा गरे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमहिला संघको अभिमुखिकरण तालिम सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img