बिर्तामोड ७ भदौ । बिर्तामोडका व्यवसायी तथा बीएण्डसी हस्पिटलका संस्थापक महेन्द्र प्रसाईँ मृत भेटिएका छन् । प्रसाईँले आत्महत्या गरेका प्रहरीले जनाएको छ ।
अर्जुनधारा नगरपालिका ६ महानन्द चौक निवासी प्रसादले बिर्तामोड–१ स्थित नरेन्द्र मैनालीको घरमा गएर शुक्रबार बिहान आत्महत्या गरेका हुन् । करिव एक घण्टाअघि उनी झुन्डिएको थाहा भएको थियो । मैनाली काठमाडौमा बस्दै आएका छन् । उनको खाली घरको दोस्रो तलामा गएर प्रसाईँ झुन्डिएको प्रहरीले बताएको छ ।
जग्गाको कारोबार गरेका उनी हस्पिटलबाट बाहिरिएपछि सार्वजनिक कार्यक्रममा खासै देखिन छोडेका थिए । विगतमा भ्रष्टाचार विरोधी अभियान, राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा जोडिएका थिए ।
बिर्तामोडका व्यवसायी प्रसाई मृत फेला

































































































