भद्रपुर ६ भदौ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह चन्द्रगढीले जिल्ला प्रहरी कार्यालय झापामा रहेको शिशु स्याहार कक्षलाई सखुवा जातको काठबाट निर्मित लो वेड र बच्चालाई सहजै सुताउन सकिने कोक्रो प्रदान गरेको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीले वन समूह मार्फत उपलब्ध गराएको सामग्री जिल्ला प्रहरी कार्यलय झापामा पुगेर समूह अध्यक्ष दुर्गाप्रसाद भट्टराई , सेवा केन्द्र अध्यक्ष दुर्गा पाठक लगायतले झापाका प्रहरी प्रमुख मिलन के सीलाई हस्तान्तरण गरेका हुन् ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी प्रमुख केसीले प्रदान गरिएको सामग्री सेवाग्राही आमा तथा बच्चालाई अत्यन्त उपयोगी रहेको बताए । वन समुह अध्यक्ष दुर्गाप्रसाद भट्टराईले समुहले सेवा केन्द्रको अनुरोधमा लगभग ५० हजार मूल्य बराबरको लो बेड र कोक्रो उपलब्ध गराएको जानकारी दिए। उनले भद्रपुर ९ को पुष्पलाल चोकमा अत्याधिक मात्रमा गुण्डागर्दि चोरी डकैती बढेको भन्दै सुरक्षाको माग गरे । उनका अनुसार सो क्षेत्रमा विगत २ बर्षदेखि प्रहरी बिट राख्न माग गरेपनि सुनुवाई नभएको गुनासो गर्दै प्रहरी बिट राख्न पहल गरिदिन प्रहरी प्रमुख केसीसंग अनुरोध समेत गरे । सेवा केन्द्र सचिव खड्गबहादुर बुढाथोकीले संचालन गरेको कार्यक्रममा समाजसेवी देवेन्द्र गौतम नरेश सन्जेल लगायतको सहभागिता रहेको थियो।
प्रहरी कार्यालय भित्रको शिशु स्याहार केन्द्रलाई काठको सामग्री हस्तान्तरण

































































































