Homeसमाचारउत्पादन प्रवद्र्धन र बजारीकरणका लागि डिजिटल मार्केटिङ अपरिहार्य

उत्पादन प्रवद्र्धन र बजारीकरणका लागि डिजिटल मार्केटिङ अपरिहार्य

बिर्तामोड २ भदौ । झापाको विर्तामोडमा आयोजित कार्यक्रममा उत्पादित सामग्रीको प्रवद्र्धनका लागि डिजिटल मार्केटिङ अपरिहार्य भएको बताइएको छ ।
नेपाल उद्यमशिल महिला संघ झापाको आयोजनामा र सप्तकोशी बैंकको आर्थिक सहयोगमा सञ्चालित तालिम उद्घाटन कार्यक्रममा बोल्दै वक्ताहरुले उत्पादित सामग्रीलाई बजारमा पुर्याउने उपयुक्त माध्यम डिजिटल प्रविधि नै आकर्षक माध्यम भएको बताइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सप्तकोशी बैंकका प्रमुख दिनेश पोखरेलले उत्पादनको डिजिटल माध्यमबाट आकर्षक मार्केटिङ गर्न सकेमात्रै व्यापार व्यवसाय प्रवद्र्धन गर्न सकिने अवस्था आएको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले परिवार व्यवस्थापनदेखि सीपमा दक्ष रहेका महिलाहरुको कामको मूल्याङ्कन नगरिंदा जीवन निर्वाहसंगमात्र जोडिएको बताउँदै महिलाका कामको (मनिटरिङ भ्यालु) गर्नुपर्नेमा जोड दिए । उत्पादन प्रवद्र्धनका लागि प्रविधिको आवश्यकताबारे बताउँदै भने–‘पहिलेकै भनाई बोल्नेको पिठो बिक्छ भने झैं अहिले आकर्षक डिजिटल प्रचार आवश्यकता देखिएको छ ।’
साथै डिजिटल बैंकिङ प्रणालीमा पूर्ण ज्ञान नहुँदा बैंकमा राखेको रकम हराउनेसम्मको जोखिम रहेको देखिएको बताउँदै हरेक व्यक्तिले डिजिटल बैंकिङ सम्बन्धी ज्ञान जरुरी रहेको बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष राजु न्यौपानेले घरबाट बाहिर निस्कन नपाउने परिवेशबाट बाहिर निस्किएका महिला दिदी बहिनीले उद्यममा लाग्नु नै समाजका लागि ठूलो उपलब्धी भएको बताउँदै व्यवसाय प्रवद्र्धनमा जोड दिए । सोही कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमलीले डिजिटल माध्यमका कारण अन्य मुलुकमा बजारमा सटर र मार्केट देखिन छोडिसकेको बताउँदै प्रत्येक व्यवसायी/उद्यमीले प्रविधि नजानी सुखै नभएको बताए । सो अवसरमा नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, मेची उद्योग वाणिज्य संघकी उपाध्यक्ष निर्मला चौहान लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
डिजिटल मार्केटिङ सम्बन्धी विमल राजवंशीले सहजीकरण गरेको कार्यक्रममा डिजिटल बैकिङ सम्बन्धी सप्तकोशी बैंकका आइटी प्रमुख उपेन्द्र विष्टले सहजीकरण गरेका थिए ।
नेपाल उद्यमशिल महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमको औचित्यमाथि अध्यक्ष खरेलले प्रकाश पारेकी थिइन भने कार्यक्रमको सञ्चालन महासचिव यशोदा प्रसाई भट्टराईले र स्वागत उपाध्यक्ष ऐश्वर्या पाण्डेले गरेकी थिइन् । कार्यक्रममा छट महिला मञ्चकी अध्यक्ष निशा गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
तालिममा झापाका विभिन्न ठाउँका महिला उद्यमीहरुको सहभागिता रहेको अध्यक्ष विमलीले जानकारी दिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारउत्पादन प्रवद्र्धन र बजारीकरणका लागि डिजिटल मार्केटिङ अपरिहार्य
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img