भाद्र १ बिर्तामोड । नेवाः खलः पुचः झापाको आयोजनामा पहिलो पटक झापाको बिर्तामोडमा सामुहिक लाखे जात्रा प्रदर्शन भएको छ।
“भाषा ,संस्कृतिको संरक्षण र सम्बर्धन गरौ “भन्ने मुल नाराका साथ नेवाः खल: पुचः झापाले ( नेपाल सम्वत् ११४४ गुलाथ्य द्वादशी ) आज बिर्तामोडमा बृहत् सामुहिक लाखे जात्रा प्रदर्शन गरेको हो।
नेवा: खलः पुचः झापाको आयोजनामा भएको सामुहिक लाखे जात्रामा झिगु समाज दमक,नेवाः झिगु खलः धुलावारी,नेवाःसमाज समिती काकडभिट्टा,नेवाःपासा मुना पुचःबिर्तामोड ,बाहुनडाङ्गी,नेवाः समाज कल्याण गुठी भद्रपुर ,नेवाः समाज गुठी भद्रपुर वडा नं १,२ र ३ पृथ्वीनगरले बिर्तामोड वन स्टप मल अगाडि बृहत् लाखे जात्रा तथा नाच प्रदर्शन गरेको थियो।
नेवा :छे भवन बिर्तामोडबाट शुरु भएको लाखे र्याली र वन स्टप मलमा पुगेर जात्रा प्रदर्शनी पश्चात इन्द्रेणी ब्यांकवेटमा सास्कृतिक कार्यक्रम भएको थियो। नेवा : पासा मुना पुच: बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा भएको सांस्कृतिक कार्यक्रममा झिगु समाज दमकले नेवारी गीत तथा नृत्य, नेवा समाज समिति काकडभिट्टाले ठाकठुके नाच, घिनतांङघिसी ,नेवा :समाज कल्याण गुठी भद्रपुरले नृत्य नेवा: पासा मुना पुच: बिर्तामोडले धिमे नृत्य र बाहुनडाँगीले माउथ हारममोनिका बाजा प्रस्तुत गरेका थिए। झिगु समाज दमकका सचिव कमल श्रेष्ठ,झिगु खल धुलावारीका अध्यक्ष जीवन कुमार प्रधान, नेवा: पासा मुना पुच: बाहुनडाँगीका अध्यक्ष महेन्द्र मल्ल, नेवा :समाज कल्याण गुठी भद्रपुरका अध्यक्ष नारायण श्रेष्ठ ,नेवा :समाज कल्याण गुठी भद्रपुर वडा नं १,२,,३ पृथ्वीनगरबाट लिला बहादुर प्रधान, नेवाःसमाज समिती काँकडभिट्टाका पुर्व अध्यक्ष उदय श्रेष्ठ , लाखे संयोजक भुवन श्रेष्ठ ,नेवा: पासा मुना पुच: बिर्तामोडका पुर्व अध्यक्ष कृष्ण उदास,निवर्तमान अध्यक्ष ईश्वरा श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए भने स्वागत कोषाध्यक्ष शर्मिला शाक्यले र संचालन सचिव मिलन शाक्यले गरेका थिए ।
झापा जिल्लामा पहिलो पटक आयोजना भएको सामुहिक लाखे र्याली ,जात्रा तथा सांस्कृतिक कार्यक्रमको संयोजन नेवाः पासा मुना पुचः बिर्तामोडले गरेको उक्त संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले बताए । आगामी ‘२०८२’ सालमा ‘सामुहिक लाखे र्याली, जात्रा तथा सांस्कृतिक कार्यक्रम ‘काकडभिट्टामा आयोजना गरिने र हरेक बर्ष यसलाई निरन्तरता दिने नेवार समुदायमा सहमति भएको पनि उनले जानकारी दिए । कार्यक्रममा सात वटा नेवा : खलहरू ,झिगु समाज दमक,नेवाः झिगु खलः धुलावारी,नेवाःसमाज समिती काकडभिट्टा,नेवाःपासा मुना पुचःबिर्तामोड ,बाहुनडाङ्गी,नेवाः समाज कल्याण गुठी भद्रपुर, नेवाः समाज गुठी भद्रपुर वडा नं १,२ र ३ पृथ्वीनगर तथा जिल्लाका नेवार समुदायको बाक्लो उपस्थितीमा उल्लासमय वातावरणमा सम्पन्न भएकाे थियाे।
झापामा प्रथम पटक सामुहिक लाखे जात्रा प्रदर्शन

































































































