HomeFeatured 2नेपाल महिला संघको क्षेत्रस्तरीय प्रशिक्षण शुरु

नेपाल महिला संघको क्षेत्रस्तरीय प्रशिक्षण शुरु

बिर्तामोड १ भदौ । नेपाल महिला संघ झापाको आयोजना र २ नम्बर क्षेत्रीय समितिको संयोजनमा २ नम्बर क्षेत्रस्तरीय एकदिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस झापा जिल्ला कार्यालयमा आयोजित प्रशिक्षणमा महिलाहरुको नेतृत्व बिकासका बिषयमा पूर्णप्रसाद गौतम, महिला अधिकार सम्बन्धी कानुनी ब्यवस्थाका बिषयमा लक्ष्मी शिवाकोटी र नेपाल प्रजातान्त्रिक आन्दोलनको इतिहास र नेपाल महिला संघको इतिहासका बिषयमा बिकास उप्रेतीले प्रशिक्षण दिए।
प्रशिक्षणको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काङ्ग्रेस झापाका कार्यबाहक सभापति केशबराज पाण्डेले जिम्मेवारी लिने तर पूरा नगर्ने प्रवृत्तिले पार्टी मजबुत नहुने धारणा राख्दै पाएको जिम्मेवारी सबैले पूरा गर्दामात्रै संगठन बलियो हुने बताए । पाण्डेले शिक्षा, स्वास्थ, संचार, भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा नेपाली काङ्ग्रेसको नेतृत्वमा थुप्रै काम भएको चर्चा गरे । धर्मग्रन्थमा पनि महिलाहरुको उच्च स्थान रहेको चर्चा गर्दै उहाँले उच्च मनोबलका साथ अघि बढ्न महिलाहरुलाई आह्वान गरे।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटीले नेपाली काङ्ग्रेस र महिला संघको भुमिकाका बिषयमा बुझ्न प्रशिक्षण प्रभावकारी हुने बिश्वास ब्यक्त गरे । महिलाहरुको स्वतस्फूर्त सहभागिताले मात्रै राजनीतिक उपलब्धि प्राप्त हुने धारणा गिरिजाप्रसाद कोइरालाले नै राखेको स्मरण गर्दै हरेक क्षेत्रमा महिलाहरुको गुणात्मक सहभागिता जरुरी रहेको शिवाकोटीको भनाई थियो।
कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै नेपाल महिला संघ झापा अध्यक्ष टीका सिटौला मैनालीले महिलाहरूको सशक्तीकरण र क्षमता अभिबृद्दिका लागि झापाका पाचवटै क्षेत्रमा प्रशिक्षण आयोजना गरिएको बताए ।
कार्यक्रममा नेपाल महिला संघ केन्द्रीय सदस्य लक्ष्मी बारकोटी, नेपाली काङ्ग्रेस २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनाली लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
नेपाल महिला संघ २ नम्बर क्षेत्रीय सभापति मनु बिश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल महिला संघ झापा सचिब उर्मिला ढकाल पोखरेलले स्वागत गर्नुभएको थियो भने संचालन प्रभा पौडेलले गरेकी थिइन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नेपाल महिला संघको क्षेत्रस्तरीय प्रशिक्षण शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img