Homeसमाचारभद्रपुरमा अन्तराष्ट्रिय फुटबल खेलाडीलाई सम्मान

भद्रपुरमा अन्तराष्ट्रिय फुटबल खेलाडीलाई सम्मान

भद्रपुर १ भदौ । भारत सिलिगुडीको खेलकुद सामग्री उत्पादन कम्पनी सिल्को ग्रुप अफ कम्पनीले दुईजना अन्तर्राष्ट्रिय फुटबल खेलाडीलाई सम्मान गरेको छ । आज झापाको भद्रपुरमा आयोजित कार्यक्रमका बीच सिल्कोले भद्रपुर झापा गोल्डकपको समन्वयमा फुटबलर रेजिन सुब्बा र रोहित सुब्बालाई सम्मान गरेको हो ।
रेजिन सन् २०१९ मा १३ औँ साफ च्याम्पियनसिप, सहिद स्मारक ए डिभिजन लिग, सन् २०१८ मा भुटानमा भएको यु–१८ साफ च्याम्पियनसिपका स्वर्णधारी खेलाडी हुन् । त्यस्तै, रोहित यु–१५ र यु–२० साफ च्याम्पियसिपका टोली सदस्य हुन् ।
त्यस्तै, भद्रपुर झापा गोल्डकपका महिला फुटबल खेलाडी तथा प्रशिक्षकलाई एकसेट जर्सी र फुटबल प्रदान गरिएको थियो । यसैबीच, सिल्को ग्रुप अफ कम्पनीले नेपालमा पहिलोपटक आफ्ना उत्पादनहरु भद्रपुरमा लन्च गरेको छ ।
नेपालका लागि आधिकारिक बिक्रेता तपो स्पोर्टस प्रालि काठमाडौँले देशभर सिल्कोका उत्पादनहरु बिक्री वितरण गर्नेछ । सिल्कोले फुटबल, क्रिकेट लगायत सबै प्रमुख खेलका किट्स, जर्सी र एक्सोसरीहरु विगत ४५ वर्षदेखि उत्पादन गर्दै आएको छ । यो ब्रान्ड भारतको पश्चिम बंगाल, उत्तरपूर्वका राज्यहरु र भुटानमा लोकप्रिय छ ।
कार्यक्रमको अवसरमा सिल्को र तपो स्पोर्टस्बीच बिक्री वितरण सम्झौतामा हस्ताक्षर भएको थियो । कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, सिल्कोका प्रबन्ध निर्देशक खोकन भट्टचार्जी, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, प्रहरी उपरीक्षक मिलन केसी, सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई लगायतले शुभकामना व्यक्त गरेका थिए ।
भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालको अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गौरव सुब्बाले स्वागत गरेका थिए भने महासचिव जीवनकुमार श्रेष्ठले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभद्रपुरमा अन्तराष्ट्रिय फुटबल खेलाडीलाई सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img