Homeसमाचारसोलुखुम्बुको थामेमा बाढी स्कूल, बाटो र पुल बगायो

सोलुखुम्बुको थामेमा बाढी स्कूल, बाटो र पुल बगायो

झापा ३२ साउन । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । दूधकोशीको सहायक खोला (थामे) मा शुक्रबार दिउँसो एक्कासी आएको बाढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा ५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको छ ।
बाढीले स्कूल, बाटो, साँघु तथा लज सञ्चालन हुँदै आएका सातवटा घरहरु समेत खोलाले बगाएको स्थानीय पेम्बा तेन्जिङ शेर्पाले जनाएका छन् । उनका अनुसार दिउसोको भन्दा बाढीको बहाब केही कम भएको छ । बाढी आउनुकोकारण माथिल्लो भेगमा रहेको हिमताल फुटेको हुनसक्ने आशंका गरिएको छ । प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले ‘हिमपहिरो हो वा हिमताल फुटेको हो भन्ने यकिन भइनसकेको बताइन्।
अहिले गाउँपालिकाका मानिसहरु प्रहरीसहित पुगेको बताइएको छ । सेना पनि आउँदै छ । बिजुली कतै छैन । इन्टरनेट हुने कुरै भएन । बाढी चाहिँ दिउँसोभन्दा घट्ने क्रममा छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसोलुखुम्बुको थामेमा बाढी स्कूल, बाटो र पुल बगायो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img