Homeसमाचारसडक पूर्वाधारको नाममा जबरजस्ती कर असुलेको भन्दै नगरप्रमुखलाई ज्ञापन पत्र

सडक पूर्वाधारको नाममा जबरजस्ती कर असुलेको भन्दै नगरप्रमुखलाई ज्ञापन पत्र

धरान ३० साउन । धरान उपमहानगर पालिका क्षेत्रभित्र पूर्वाधार सडक सेवा उपभोग शुल्कका नाममा जबरजस्ती शुल्क उठाएको विरोधमा धरानमा व्यवसायीहरूले मेयर तथा उपमेयरलाई ज्ञापन पत्र बुझाएका छन् ।
दैनिक रूपमा पूर्वाधार सडक सेवा उपभोग शुल्कका नाममा ए. वि. रात देऊ निर्माण सेवा रामधुनीले जबरजस्ती शुल्क उठाउने गरेको भन्दै उनीहरूले बन्द गर्न माग गरेका हुन् । ठेकेदार कम्पनीले जबरजस्ती करको नाममा उठाउँदै आएको शुल्क बन्द गर्न मेयर हर्कराज राई र उपमेयर अइन्द्र बिक्रम बेघालाई ज्ञापन पत्र बुझाएको धरान वितरक सङ्घका अध्यक्ष तथा मदिरा व्यवसायी सङ्घ कोसी प्रदेश अध्यक्ष नवीन तामाङले जानकारी दिए । धरान उपमहानगरपालिकामा व्यवसाय दर्ता गरी सामान डेलिभरी गर्न आवतजावत गर्ने क्रममा व्यवसायीलाई पूर्वाधार सडक सेवा उपभोग शुल्कका नाममा दैनिक प्रति सवारी ७५ रुपैयाँ जबरजस्ती गुण्डागर्दी शैलीमा असुली गर्ने गरेको भन्दै व्यवसायीहरूले तत्काल खारेजीको माग गरेका हुन् ।
अघिल्लो आर्थिक वर्षमा धरानमा रहेका सम्पूर्ण वितरक व्यवसायीहरूलाई एक फर्म एक ढुवानी सवारी साधन छुट गरेकोमा यो वर्ष उक्त सुविधा समेत हटाइएको दुखेसो गरेका छन् । वितरक व्यवसायी सङ्घहरूले व्यवसायीहरूलाई पलाइन हुन वाट रोक्न विशेष छुटको व्यवस्था गर्न समेत माग गरेका छन् । वितरक व्यवसायीहरूले कानुन विपरित लगाइएका करहरू जबरजस्ती गुडा गर्दी शैलीमा असुली गर्ने भइरहेको कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था पुगेको भन्दै सबै व्यवसायीले आफ्नो व्यवसाय बन्द गरी ताला–चाबी बुझाउन बाध्य हुने धरान वितरक सङ्घका अध्यक्ष तथा मदिरा व्यवसायी सङ्घ कोसी प्रदेश अध्यक्ष नवीन तामाङले बताए । ‘उनीहरूका व्यवहार मर्यादित छैन साथै गुण्डागर्दी शैलीमा समेत असुली गर्ने गरेका छन्’ तामाङले भने – व्यवसाय कर, बहाल कर, लगायतका सबै करहरू भुक्तानी गरेर व्यवसाय गर्दा समेत दैनिक रूपमा अमर्यादित, गुण्डागर्दी एवम् जबरजस्ती शैलीमा दैनिक रूपमा सवारी साधनबाट कर असुली गर्ने गरेका क्रियाकलाप प्रति हाम्रो आपत्ति हो ।’
उनीहरूले नेपाल सरकारले तोकेको मापदण्डभित्र रही स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारका सबै करहरू भुक्तानी गरेको दाबी गरेका छन् । व्यवसायी सङ्गठनले आफ्नो लगानीलाई जोखिममा राखी व्यवसाय सञ्चालन गर्दा समेत अमर्यादित तथा जबरजस्ती तरिकाले कर उठाएको आरोप लगाएका छन् । धरान वितरक सङ्घ, धरान मदिरा व्यवसायी सङ्घ, स्थानीय भवन निर्माण व्यवसायी सङ्घ, धरान हार्डवेयर व्यवसायी सङ्घ, सुनसरी मुद्रक व्यवसायी सङ्घ, पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी सङ्घलगायत ६ व्यावसायिक सङ्गठनले पुर्वाधार सडक उपभोग सेवा शुल्कका नाममा कर उठाउन तुरुन्तै बन्द गर्न ध्यानाकर्षण गराएको धरान वितरक सङ्घका महासचिव तथा वितरक सङ्घ कोशिका सदस्य राम श्रेष्ठले ले जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसडक पूर्वाधारको नाममा जबरजस्ती कर असुलेको भन्दै नगरप्रमुखलाई ज्ञापन पत्र
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img