बिर्तामोड ३० साउन । गएराति पूर्वपश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका १३ कालिझोडामा बिर्तामोडबाट चारआलितर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिंदा घाइते भएका पैदलयात्री र सोही दुर्घटना परेका अर्का एकसहित दुईजनाको मृत्यु भएको छ ।
बिर्तामोडबाट चारआलितर्फ जाँदै गरेको मे ६ प ८३२० नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदल यात्री अन्दाजी ३५ वर्षीय पुरुषको उपचारका क्रममा बीएण्डसी अस्पताल गएराति नै साढे १० बजे मृत्यु भएको थियो भने सोही दुर्घटनाका अर्का घाइते मेचीनगर ९ का २५ वर्षीय सागर मेचेको आज दिउँसो २ बजे उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोही ठाउँ निवासी घाइते २९ वर्षीय मन्दिप मेचेको भने उपचार भइरहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइसकेको जनाइएको छ ।
मोटरसाईकल दुर्घटनामा परी पैदल यात्रीसहित दुईको मृत्यु

































































































