राजगढ २९ साउन । बाह्रदशी गाउँपालिका वडा न. २ जनता बजारदेखि भित्री सडकमा भएको सवारी दुर्घटनामा परी घाइते भएका पैदल यात्रीको उपचारका क्रममा मृत्यु भएको छ । जनता बजारदेखि भित्री सडक हुँदै कुटिबाट राजगढ तर्फ आउदै गरेको मे ४ प ५१५६ न.को मोटरसाईकलले पैदल यात्री बाह्रदशी गाँउपालिका वडा नं १ नयाँ बस्तिका लगभग ४२ वर्षीय च्याङवा तामाङलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते उनको विर्तामोडस्थित विएण्डसी हस्पिटलमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा मोटरसाईकलको पछाडी सवार कचनकवल गाँउपालिका वडा नं १ का श्रवण राजबंशी घाइते भएका थिए । घाइते श्रवणको विएण्डसी हस्पिटलमा उपचार भइरहेको छ भने मोटरसाईकल चालक कचनकवल १ पिण्डलबारीका देबराज राजबंशी जिल्ला प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको बताइएको छ ।
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

































































































