HomeFeatured 2उद्योग वाणिज्य संघमा पाँच सल्लाहकार र एक सदस्य मनोनित

उद्योग वाणिज्य संघमा पाँच सल्लाहकार र एक सदस्य मनोनित

बिर्तामोड २९ साउन । बिर्तामोड उद्योग वाणिज्य संघको सल्लाहकार समितिमा पाँच जनालाई मनोनयन गरिएको छ । संघका पूर्ब अध्यक्ष राजेन्द्रकुमार थापासहित व्यवसायीहरु मोहनकुमार मित्तल, बिनोद बस्नेत, मोहन पाहिम र कमला विश्वकर्मालाई मनोनयन गरिएको हो । त्यस्तै युवराज कार्की ‘पर्वत’लाई कार्यसमिति सदस्यमा मनोनयन गरिएको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।
बिर्तामोड उद्योग वाणिज्य संघको विधान २०७३ को परिच्छेद ९ को दफा २९.१ को उपदफा ‘क’ मा व्यवस्था भए अनुरुप सल्लाहकार समिति ममोनयन गरिएको हो भने सोही विधानको परिच्छेद ५ को दफा १३ को उपदफा ‘घ’मा व्यवस्था भए अनुरुप कार्यसमिति सदस्यमा कार्कीलाई मनोनयन गरिएको बताइएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रमका बीच सल्लाहकार समिति र मनोनित कार्यसमिति सदस्यलाई स्वागतसहित बधाई ज्ञापन गरिएको छ ।
संघका अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2उद्योग वाणिज्य संघमा पाँच सल्लाहकार र एक सदस्य मनोनित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img