इटहरी २७ साउन । सुनसरीको इहटरी उपमहानगरपालिका ५ का ३० बर्षीया शालिग्राम लुईंटेलले आफ्नै नाबालिका भतिजीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
हिजो (शनिवार) अपरान्ह इटहरी ५ मा डेरा गरी बस्दै आएका लुईटेलले दाजु नबराज लुईँटेलको डेढ बर्षीया छोरी आईन्सु लुइटेललाई आफ्नै डेरा कोठा भित्र धारीलो ब्लेडले घाँटी र टाउकोमा चिरी हत्या गरेका थिए ।
घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले लुईँटेललाई घटना स्थलबाटै पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेका लुईँटेलको थप अनुसन्धान भईरहेको बताइएको छ ।
नाबालिका भतिजीको हत्यामा संलग्न काका पक्राउ

































































































