मोरङ १० साउन । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह (पिआएटी) र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ठुलो परिमाणको बेबारीसे गाँजा बरामद छ ।
आज बिहान विराटनगर महानगरपालिका–११ बुद्द विहार मार्गमा बेबारीसे अवस्थामा रहेको बिआर ११ पिसी ५०१६ नम्बरको गडीलाई शंकालागी चेकजाँच गर्दा गाडी भित्र रहेको ५ वटा झोलामा १ सय ४५ किलोग्राम गाँजा बरामद गरेको हो । बरामद गाँजा र गाडीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान जारी रहेको जनाइएको छ ।
बिराटनगरमा एकसय ४५ किलो गाँजा बरामद
