बिर्तामोड ५ साउन । झापाको शिवसताक्षी नगरपालिकाबाट प्रहरीले अवैध काठसहित पिकअप नियन्त्रणमा लिएको छ । गएराति अस्थायी प्रहरी चौकी माईधारको प्रहरी टोली र गैडे सामुदायिक वन उपभोक्ता समितिको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला झापा शिवसताक्षी–१० टेक्रास्थित कनकाई माई खोला बगरमा मे १ च ६२३६ नं को पिकअप भ्यानमा सखुवा जातको चिरान काठ ५२ क्युफिट बरामद गरेको हो ।
काठको मूल्य लगभग एकलाख ५६ हजार रुपैयाँ रहेको छ । गाडीसहित उक्त काठलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी गैडे सामुदायिक बन उपभोक्ता समितिको जिम्मा बुझाइएको छ ।
डेढलाखको अवैध काठसहित पिकअप नियन्त्रणमा

































































































