Homeसमाचारकौडिण्य स्मृति पुरस्कार रेग्मी र लामालाई

कौडिण्य स्मृति पुरस्कार रेग्मी र लामालाई

बिर्तामोड ५ साउन । जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी. कौडिण्य) को स्मृतिमा प्रेस सेन्टर झापाले स्थापना गरेको पत्रकारिता पुरस्कारबाट यो वर्ष पत्रकार झुलन रेग्मी र डिकेश लामा संयुक्त पुरस्कृत हुने भएका छन् ।
पत्रकार रेग्मी मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष हुन् भने र लामा नेपाल टेलिभिजनका झापा सम्वाददाता, प्रेस सेन्टरका प्रदेश समिति सदस्य एवम् पत्रकार महासंघ झापा शाखाका सचिव हुन् ।
असार ३१ गते बसेको प्रेस सेन्टर झापाको बैठकले पुरस्कृत व्यक्तित्व छनोटसँगै पुरस्कारको राशीसमेत बढाएको प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकले बताए ।
पाँच हजार एकसय ११ रुपैयाँबाट स्थापना भएको उक्त पुरस्कारको राशी केही वर्षयता २१ हजार रुपैयाँ थियो । यस वर्षबाट पुरस्कारको राशी ४२ हजार पु¥याउने निणर्य भएको छ । पुरस्कार स्व. (डी. कौडिण्यको स्मृति दिवसको अवसरमा साउन ७ गते वितरण गरिने अध्यक्ष पाठकले बताए ।
को हुन् देवकुमार आचार्य (डी. कौडिण्य) ?
मुलुकमा राजनीतिक व्यवस्था परिवर्तनका लागि शहादतप्राप्त शहीदहरूमध्ये एक हुन्– झापाका देवकुमार आचार्य (डी. कौडिण्य) । पिता चन्द्रकुमार र माता विष्णुमाया आचार्यका छोराका रुपमा २०१९ सालमा जन्मिएका उनी शिक्षक र राजनीतिज्ञ मात्रै नभएर एक कुशल जनपक्षीय पत्रकार समेत थिए ।
झापा खुदुनाबारीस्थित जनता निमाविबाट औपचारिक अध्ययन शुरु गरेका कौडिण्यले अंग्रेजी साहित्यमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका थिए । २०४२ सालदेखि शिक्षण पेशामा संलग्न उनलाई शिक्षक आन्दोलनमा सक्रिय रहेको आरोपमा पेशाबाट बेदखल गरिए पनि २०४६ सालमा बहुदल आएपछि पुनर्बहाली भई काँकडभिट्टा क्याम्पसमा अङ्ग्रेजी अध्यापन गर्न थालेका थिए ।
स्व. कौडिण्यलाई माक्सवादका गहन अध्येता, स्पष्टवक्ता, सामाजिक–बौद्धिक व्यक्तित्वका साथै एक असल क्रान्तिकारी योद्धा, साहित्यकार र झापाली भूमिका क्रान्तिकारी लेखक र पत्रकार समेत भनेर चिनिन्छ ।
निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध प्रगतिशील चेतना प्रवाह गर्ने उद्देश्यले शिक्षण पेशामा रहँदारहँदै पनि ‘संकेत’ नामक पत्रिकाको सम्पादक भएर क्रान्तिकारी आवाजलाई बुलन्द गर्न उनी सक्रिय थिए । कौडिण्यले ‘प्रकाश’ साप्ताहिकको सम्पादन समूहमा बसेर काम गर्नुका साथै स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा उनका लेखरचना नियमित प्रकाशन हुने गर्दथे । विद्रोही स्वभावका कौडिण्य क्रान्तिकारी विचार बोकेकै कारण क्याम्पस अध्ययनको पूर्वाधमा नै पञ्चायती शासकहरूको झोसपोलका कारण जेल परेका थिए ।
विभिन्न चरणका विद्यार्थी आन्दोलनमा सरिक रहँदै आएका कौडिण्यलाई २०२८ सालको झापा विद्रोह र २०३५ सालको विद्यार्थी आन्दोलनले राजनीतिक चेत र ऊर्जा भरेको थियो । २०५८ साल मंसीर ५ गतेबाट नेकपा माओवादीको पूर्णकालीन कार्यकर्ता भएर भूमिगत भएको अवस्थामा पनि इलामबाट प्रकाशित ‘देउमाई गर्जन’ नामक पत्रिकामा उहाँका लेखहरू छापिने गर्दथे । शोषण, अन्याय र अत्याचार विरुद्ध क्रान्तिका मोर्चाहरूमा दृढ भएर लगातार लागिरहेको अवस्थामा क्रान्तिको जिम्मेवारी पूरा गर्ने दौरानमा २०५९ साल साउन ६ गते बुधबारे–७ को सेतीपानी नजिकैबाट पक्राउ परेका कौडिण्यलाई चारआली सैनिक ब्यारेकमा निर्मम यातना दिइ साउन ७ गते मध्यरातमा हत्या गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकौडिण्य स्मृति पुरस्कार रेग्मी र लामालाई
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img