HomeFeatured 2स्वास्थ्य मन्त्री प्रदीपको राजनीतिक यात्रा : संगठन सुदृढीकरण, शिक्षा र सामाजिक कार्यमा...

स्वास्थ्य मन्त्री प्रदीपको राजनीतिक यात्रा : संगठन सुदृढीकरण, शिक्षा र सामाजिक कार्यमा समेत सक्रिय

नेपाली कांग्रेसको राजनीतिमा प्रभाव राख्ने प्रदिप पौडेल पहिलो पटक स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाल्न पुगेका छन् । कांग्रेसमा मात्र नभएर अन्य दलमा पनि आशा किरणका रुपमा हेरिएका पौडेलको यस्तो छ : राजनीतिक यात्रा निरकुंश पन्चायती व्यवस्था विरुद्ध सानैदेखि सुक्ष्म अवलोकन गर्न पाएका प्रदीप पौडेलले स्कुले जीवनमा नै आफूलाई राजनीतिमा समाहित गराए । २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाउँदा पौडेल सिद्धार्थ वनस्थलीमा ९ कक्षामा अध्ययनरत थिए । उमेरले १५ वर्ष मात्र पुगेका थिए उनी, प्रजातन्त्रका लागि आन्दोलनमा उत्रिँदा पन्चायती शासकले उनको आँट र साहस, हिम्मत र चुनौतिलाई देखेर हिरासतमा लियो ।
देशमा लोकतन्त्र र प्रजातन्त्रको आवश्यकता किन छ भन्ने स्पष्ट बुझेका र यसलाई प्राप्त गर्न आफूले जस्तोसुकै योगदान गर्न तयार भइसकेको उनले त्यति बेला नै दृढ अठोट लिए । त्यसैले पनि जब प्रदीप अमृत साइन्स क्याम्पसमा अझ बोल्ड भएर प्रजातान्त्रिक संगठनको विकास र निर्माणमा लागिपरे ।
अमृत क्याम्पसमा स्वतन्त्रता पक्षधर विद्यार्थीमाथि भइरहेको थिचोमिचो पौडेललाई सह्य थिएन, यसको विरुद्ध उनले आवाज उठाउन थाले, आफूलाई विद्यार्थीको आडभरोसाको रुपमा विकास गरे । फलतः २०५३ सालको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अमृत साइन्स कलेजमा उनले सभापतिमा विजयी भएर गर्विलो इतिहास बनाए ।

No description available.


प्रदीप नै पहिलो त्यस्ता कांग्रेसका विद्यार्थी हुन् जसले सभापतिमा आफूलाई विजयी गराए, टिममा अरु सबै अखिलका आउँदा पनि उनले एक्लै प्रजातन्त्र र विद्यार्थीको हकहितका लागि लडे ।
अखिलको किल्ला भनेर चिनिने अमृत साइन्स कलेजमा प्रदीपको विजय र आँट, विश्वास र दृढताको प्रशंसा हुन थाल्यो, विद्यार्थीहरुको उनीमाथि आशा थप बढ्न थाल्यो ।
सुसंस्कृत राजनीतिको वकालत गर्दै आएका प्रदीप खासमा नेपाल विद्यार्थी संघका अमूल्य गहना बनिसकेका थिए, उनले २०५७ सालदेखि २ वर्ष नेवि संघको केन्द्रीय समितिमा सदस्य रहेर थप काम गरे । २०५९ सालपछि २०६४ सालसम्म उनले तीन पटक नेवि संघको उपाध्यक्ष भए, नेवि संघको विकास र संगठनात्मक सुधारमा महत्वपूर्ण भूमिका खेले ।
२०६२–६३ सालको जनआन्दोलनमा आफूमात्र सक्रिय रुपमा सहभागी भएनन् प्रदीप, विद्यार्थीहरुलाई संगठानात्मक रुपमा अगाडि बढाए, निरंकुश राजतन्त्रको विरोधमा आवाज उठाए, परिवर्तनको पक्षमा जीवन आहुति दिन तयार भए । विडम्बना, निरंकुश राजतन्त्रका पक्षधरहरुले प्रदीपलाई आन्दोलनको मोर्चाबाट पक्राउ गरे, ११ महिना जेल जीवन बिताउन उनी बाध्य भए । त्यति बेला १७ दिन भद्रगोल जेलमा समेत बिताएका प्रदीप नै यो परिवर्तनमा सबैभन्दा लामो जेल जीवन बिताएका त्यति बेलाका विद्यार्थी नेता हुन् ।
नेपालमा शाही शासनको अन्त्य भयो, गणतन्त्रको सुरुवातमा नेपाली कांग्रेसको भरपर्दो विद्यार्थी संघ नेवि संघमा थप सुधार र परिमार्जन, परिवर्तन र परिस्कार आवश्यक थियो । यी आवाजलाई सम्बोधन गर्न सक्ने भएकाले नै हुनुपर्छ, चितवनमा भएको नेवि संघको २०६५ सालको महाधिवेशनबाट प्रदीप नेवि संघ अध्यक्षमा निर्वाचित भए ।
नेवि संघलाई अध्यक्षका रुपमा ३ वर्ष ७ महिना चुस्तदुस्त, क्रियाशिल, सांगठनिक रुपमा बलियो बनाएका प्रदीपले सार्वजनिक विद्यालय सुधार अभियान, एक विद्यालय एक पुस्तकालय तथा ईलाइब्रेरीजस्ता अभियान सुरु गरे जसले नेपालको शिक्षा क्षेत्रलाई बलियो बनाउन ठूलो भूमिका खेलेको छ ।
नेवि संघमा उनले गरेको काम कस्तो थियो भने नेपाली कांग्रेसका नेताहरु पनि यसबाट निकै प्रभावित भएका थिए । यही प्रभावका कारण पनि तत्कालीन नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले प्रदीपलाई नेपाली कांग्रेसको केन्द्रीय समितिमा सदस्यका रुपमा मनोनित गरे ।
त्यसपछि अनवरत रुपमा पार्टीको सांगठनिक, वैचारिक, परिवर्तनकारी भूमिकामा उल्लेख्य योगदान गर्दै आएका प्रदीप पौडेललाई कांग्रेसीजनले कति रुचाएका छन् भने उनी १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुँदा सबैभन्दा बढी मत ल्याउने टप सिक्समा परे ।
त्यस यता सम्पूर्ण समय पार्टीका विभिन्न समितिहरुमा रहेर पार्टीको उत्थानका लागि खर्चिएका छन्, प्रदीपले । नेपालमा विनाशकारी महाभूकम्प जाँदा तत्काल उद्धारमा उत्रिन होस् या कोरोनाभाइरसका कारण समाजलाई आवश्यक पर्दा स्वास्थ्य सामग्री उपलब्ध गराएर, आइसोलेसन सेन्टर निर्माण गरेर किन नहोस्, पौडेल पूर्ण रुपमा कांग्रेस र नेपाली समाजका लागि समर्पित छन् ।
उनले १३ औं महाधिवेशन पछि बुँदागत रुपमा
नेपाली कांग्रेसको विधान मस्यौदा समितिमा रही प्रभावकारी भुमिका निर्वाह गरेको
नेपाल विद्यार्थी संघको २०७३ सालमा अधिवेशन गराउन समन्वय तथा सहजिकरण
नेपाल महिला संघको २०७३ सालमा अधिवेशन गराउन समन्वय तथा सहजिकरण
विभिन्न तहमा आयोजित कार्यकर्ता प्रशिक्षमा प्रशिक्षक एवम् सहजकर्ताको भुमिका निर्वाह गरेको
नेपालका सम्पुर्ण जिल्लाहरुको भ्रमण गरी आम युवा तथा जनताहरुमा नेपाली कांग्रेस तर्पm आकर्षित गर्न विभिन्न आम सभा सम्बोधन, भेटघाट तथा पार्टी प्रवेश गराउन उत्प्रेरणा तथा सहजिकरण गरेको
१४ औं महाधिवेशनको प्रारम्भिक कार्यका रुपमा रहेको तर अत्यन्त विवादित भएको क्रियाशिल सदस्यता वितरण र अद्यावधिक गर्नका लागि गठित क्रियाशिल सदस्यता समाधान समितिमा रहेर प्रभावकारी भूमिका निर्वाह गरेको,
१४ औँ महाधिवेशनमा महामन्त्रीका उमेदवार
केन्द्रिय सदस्य मनोनित
२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ बाट विजयी ।
प्रदीप पौडेलले नेतृत्व, सहजिकरण वा समन्वय गरेका केहि सामाजिक कार्यक्रमहरुः
शैक्षिक अभियान ः
“एक बिधालय – एक पुस्तकालय” अभियान , “सार्बजनिक बिधालय सुधार” अभियान, “हरेक बिधालय इन्टरनेट सेवा एवं ई–लाईबेरी” अभियान
शैक्षिक गुणस्तर बृद्रीको निम्ति दर्जनौ कार्यशाला र गोष्ठी संचालन, हजारौ गरिब जेहेन्दार विधार्थीको लागि निशुल्क छात्रवृत्ति र शैशिक सामग्रीको प्रबन्ध
सामाजिक अभियान
विभिन्न जिल्लामा युवा तथा विद्यार्थीहरु सहित पुगी २०७२ को भुकम्पबाट आहत जनताहरुलाई राहत पुर्याउन तथा अस्थायी बसोबास व्यवस्थापनमा सहयोग, १७०० बढी अस्थाइ टहरा र एक विद्यालयको पक्की भवन निर्माण ।
तराई लगायतका बाढी तथा पहिरोबाट पिडित जनताहरुलाई राहत पुर्याउन सहयोग र युवा परिचालन तथा उद्धार ।
आगलागीबाट पिडित समुदायलाई

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2स्वास्थ्य मन्त्री प्रदीपको राजनीतिक यात्रा : संगठन सुदृढीकरण, शिक्षा र सामाजिक कार्यमा...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img