Homeसमाचारव्यवसायजन्य स्वास्थ्य र सुरक्षाका लागि ‘कृषि क्षेत्रको स्वयंसेवी निर्देशिका’ बनाइने

व्यवसायजन्य स्वास्थ्य र सुरक्षाका लागि ‘कृषि क्षेत्रको स्वयंसेवी निर्देशिका’ बनाइने

बिर्तामोड २६ असार । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)–को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले निर्यातजन्य कृषिवस्तु चिया र अलैंची क्षेत्रमा सञ्चालन गर्दै आएको ‘व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य कार्यक्रम अन्तर्गत ‘कृषि क्षेत्रको स्वयम्सेवी निर्देशिका’ बन्ने भएको छ ।
विगत तीन वर्षदेखि झापा र इलामका चिया तथा अलैंची उद्योगहरुमा सञ्चालित व्यवसायजन्य स्वास्थ्य र सुरक्षा कार्यक्रम प्रभावकारी देखिएपछि यसको निरन्तरता र दीर्घकालीन स्थायित्वका लागि निर्र्देशिका तयार गर्न लागिएको बताइएको छ । निर्देशिकामा उल्लेख गर्नुपर्ने विषयहरुका सम्बन्धमा यसै साता सरोकारवालाहरुसँग छलफल गरी सुझाव संकलन गरिएको छ ।
झापाको विर्तामोडस्थित टाइमलेस मुमेन्ट होटलको सभाहलमा झापा र इलामका सरोकारवालाहरु बीच निर्देशिकामा के–कस्ता विषय समेट्दा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य कार्यक्रम प्रतिफलमुखी र दिगो हुनेछ भन्नेमा छलफल गर्दै सुझाव संकलन गरिएको नेपाल उद्योग वाणिज्य महासंघका निर्देशक हरि पौडेलले बताए ।
नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, नरेन्द्रकुमार खड्का, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, नेपाल चिया उत्पादक संघका महासचिव शुक्र दाहाल, नेपाल अलैंची व्यवसायी महासंघकी पार्वता विमली खरेललगायतले कार्यक्रम प्रभावकारी भएको उल्लेख गर्दै निर्देशिकामा समेट्न सकिने विषयहरुका सन्दर्भमा सुझाव राखेका थिए ।
व्यवसायजन्य सुरक्षा र स्वास्थ्य कार्यक्रमअन्तर्गत अलैंचीतर्फका फोकल पर्सन नेपाल अलैंची व्यवसायी महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले सञ्चालन र चियातर्फका फोकल पर्सन साना किसान चिया उद्योग पृथ्वीनगरका कार्यकारी प्रमुख देवीप्रसाद कोइरालाले स्वागत गरेको छलफलमा आईएलओकी प्रतिनिधि वन्दना अर्याल, विज्ञ प्रशिक्षक दिनेशप्रसाद साहले निर्देशिका बन्नअघि अवधारणापत्र तयार हुने जनाउँदै त्यसका लागि पनि बुँदागत रुपमा आवश्यक सुझाव दिन सहभागीहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रम सञ्चालन भएसँगै अहिले झापा र इलामका अधिकांश चिया तथा अलैंची खेती तथा उद्योगमा कामदारहरुले ग्लोब्स्–कास्क लगाउने, उद्योगहरुमा प्राथगमिक उपचारका सबैखाले सामग्री–औषधिको व्यवस्थापन, सुरक्षाका उपायहरु अपनाइएको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारव्यवसायजन्य स्वास्थ्य र सुरक्षाका लागि ‘कृषि क्षेत्रको स्वयंसेवी निर्देशिका’ बनाइने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img