कचनकवल असार । एनआइसी एसिया बैंक कचनकवल शाखाबाट सर्वश्रेष्ठ बचत खाता खोल्ने अभिनारायण भट्टराईलाई घातक रोग बिमा वापतको रकम हस्तान्तरण गरेको छ ।
भट्टराईलाई रू १०,००,०००/– (अक्षरुपी दश लाख) को चेक बैंकको शाखा कार्यलय कचनकवलमा हस्तान्तरण गरेकाे हो ।
कचनकवल वडा नं १ घेरावारी निवासी भट्टराईलाई एनआइसी एसिया बैंकको नियमअनुसार सर्वश्रेष्ठ कचनकवल बचत खाता संचालन गरेवापत खातावाला सहित परिवारको अन्य ३ जनालाई घातक रोग बिमा, दूर्घटना बिमा तथा औषधि उपचार बिमा रहने व्यवस्था अनुसार सो रकम बराबरको चेक प्रदान गरिएको हो ।
एनआइसी एसिया बैंक कोशी प्रदेश क्षेत्रीय प्रमुख डेनराज सुब्बा र चन्द्रगडी शाखाका शाखा प्रवन्धक प्रविण खड्काले संयुक्त रूपमा बिरामी अभिनारायण भट्टराईलाई शिघ्र स्वास्थ्य लाभको कामना सहित बैंकको कार्यालयमा चेक हस्तान्तरण गरिएको जानकारी कचनकवल शाखा कार्यालयका शाखा प्रवन्धक पुष्कर अधिकारीले जानकारी दिएका छन् ।
एनआइसी एसिया बैंकले भट्टराईलाई दियाे बिमा वापत दश लाख
