बिर्तामोड असार । वीरता लेडी जेसीजले सोमबार व्यवसायिक योजना निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । समाजसेवी एवम् राजनीतिक व्यक्ति जलकुमार गुरुङको प्रमुख आतिथ्यमा लेडी जेसीजले व्यवसायिक योजना निर्माण सम्बन्धी कार्यक्रम आयोजना गरेको हो ।
आफ्ना सदस्य तथा शुभेच्छुकलाई व्यावसायिक योजना निर्माणमा सहयोग पुर्याउने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन् ।
लेडी जेसीजकी पूर्व अध्यक्ष पार्वता बिमलीको विशेष आतिथ्यमा आयोजित कार्यक्रम तारा बस्नेतको संयोजकत्वमा सम्पन्न भएको हो । कार्यक्रममा सञ्चारकर्मी भीमा शिवाकोटीले व्यवसायिक योजना निर्माणमा सहजीकरण गर्दै सीप तथा क्षमताको विकासमा जोड दिएकी थिइन् । पूर्व अध्यक्ष संगीता गिरीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सहसचिव एलिना रिजालले गरेकी थिइन् ।
वीरता लेडी जेसीजद्वारा सदस्य लक्षित व्यवसायिक योजना कार्यक्रम



















