Homeसमाचारआदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानको काममा अवरोध नगर्न आग्रह

आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानको काममा अवरोध नगर्न आग्रह

भद्रपुर ८ असार । भद्रपुर ६ स्थित आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानको भौतिक पूर्वाधार विकासमा राजनीति गर्न खोज्दा बाधा सिर्जना भएको समितिका पदाधिकारीले दुखेसो पोखेका छन् ।
२०८० चैत्र मा निर्वाचित भएको प्रतिष्ठानको पहिलो कार्य समितिले जग्गा प्राप्ती, तथा संग्रालय भवन निर्माणको काम अगाडि बढाइरहँदा अध्यक्षका प्रत्यासी रहेका व्यक्तिले राजनीति गर्न खोज्दा काममा अवरोध आएको समितिको दुखेसो आएको हो ।
भद्रपुर ६ ओम प्रकाश गोयल कोलनी नजिकै रहेको प्रतिष्ठानको भवन निर्माणका लागि धकेन्द्र राजवंशी, मलचन राजवंशी, कमल राजवंशी, धनमती तामाङ राजवंशी, अर्जुन विष्ट, गणेश अधिकारी र श्यामसुन्दर अग्रवालले एक एक कठ्ठा गरी ७ कठ्ठा जग्गा प्रतिष्ठानको नाममा शुल्क प्राप्त भएपछि संग्राहलयका लागि भद्रपुर नगरपालिकाले २० लाख वजेट अनुदान दिएपछि जग्गा घेरावारा र सडक निर्माण गरिएको प्रतिष्ठानका सचिव विवेक राजवंशीले जानकारी दिए । सचिव राजवंशीले नया समितिले पदभार ग्रहण गरेपश्चात संस्थालाई व्यवस्थित बनाएको जानकारी दिँदै निर्वाचनमा पराजित भएको रिस समितिका काममा पोखेर राजनीति गर्नेका कारण प्रदेश सरकारबाट आएको २५ लाख रूपैया गुमाउनु पर्ने अवस्था आएको जनाएका छन् ।
समितिका उपाध्यक्ष नन्दकुमार राजवंशीका अनुसार नितान्त सामाजिक संस्थाका रूपमा रहेको प्रतिष्ठानलाई फुटाउन केही व्यक्तिहरू राजनीतिक रङ दिएर समिति असफल भएको हल्ला फैलाएर कब्जा गर्ने रणनीतिमा रहेकोले सवै सम्बद्ध पक्षले यथार्थ बुझ्न आग्रह गर्छन् । कोशी प्रदेश वन वातावण तथा पर्यटन मन्त्रालयले भाषिक, सांस्कृतिक उत्थानका लागि जातीय संग्राहलय निर्माणका लागि दिएको २५ लाख फिर्ता गराउन संस्थापन समितिमा रहेका तथा प्रथम अधिवेशनमा अध्यक्षमा पराजित व्यक्ति लाग्नु दुखद भएको बताए ।
अध्यक्ष समनसिंह राजवंशीले भद्रपुरमा रहेका राजवंशी सम्बद्ध सवै संस्थाको सहमतीमा साझा संस्थाका रूपमा आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानको गठन भएको जानकारी दिँदै एकतामाथि प्रहार गर्ने जो सुकै वहिस्कृतमा पर्ने चेतावनी दिए । भर्खर पाइला चाल्न लागेको संस्थाको विकासमा बाधा सिर्जना गरेर समिति असफल भएको हल्ला मच्चाउनेहरू जातीय उत्थानका बाधक रहेको बताएका छन् ।
अध्यक्षका अनुसार प्रतिष्ठानको ४ कराड ५० लाख लागतका राजवंशी जातीय पहिचान झल्कने संग्राहलय निर्माणका लागि प्रदेश सरकार, संघीय सरकारसित साझेदारी कार्यक्रम प्रस्ताव गरिसकिएकोले भद्रपुरलाई पर्यटकीय गन्तव्य क्षेत्र बनाउन उल्लेख्य योगदान पुग्ने समेत विश्वास रहेको छ ।
भद्रपुर ६ का वडाध्यक्ष रतिया राजवंशीले निर्वाचनमा पराजित भएको रिस पोख्नेहरूले रोक्दैमा प्रतिष्ठानको उद्देश्य नछेकिने बताउँदै सवै समुदाय र वर्गले छुद्रहरू निन्नेक्रम रहेकाले यस पटक २५ लाख गुमे पनि आगामी दिनमा करोडौं जोडेर संग्राहलय बनाएरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानको काममा अवरोध नगर्न आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img