बिर्तामोड ७ असार । सवारी दुर्घटनामा गम्भीर घाईते भई उपचारको क्रममा ज्यान गुमाएका बिर्तामोड ४ का अंशु श्रेष्ठको तेह्रौं पुण्य तिथिको अवसरमा परिवारजनले आश्रमका बृद्ध बृद्धा आमा बुबालाई खाना खुवाएका छन्।
सन्तान वियोगको पिडामा रहेका अंशुका बुबा शिव कुमार श्रेष्ठ ,आमा अरूणा श्रेष्ठ लगायत उनका आफन्तजनले उनको आत्माको चिर शान्तिको कामना गदै बिर्तामोड ४, एक किलोमिटरमा अवस्थित परोपकार तथा अनुसन्धान केन्द्रमा रहेका ४० जना बृद्द बृद्धा बुबा आमालाई एक छाक खाना खुवाएको हो ।
कोहेड कलेज बिर्तामोड कक्षा १२ मा अध्ययनरत १८ बर्षिया अंशु गितार बजाउन र पप गित गाउन रूचि राख्दथे । उनले आफु पढ्ने कलेज तथा स्थानीय स्तरमा आयोजना हुने विभिन्न स्टेज प्रोग्राम आफनो प्रस्तुति देखाउदै आएका थिए।
यसै कारण उनको सबै माझ लोकप्रियता पनि बढेको थियो।
उनी ईलाईट युथ क्लव बटारे बिर्तामोडका सदस्य थिए । उनको स्मृतिमा युथ क्लव बटारेले छैटौं पुण्य तिथि दिन मुक्ति चौकमा मौनबती बालेर श्रद्धाञ्जली सभाको समेत आयोजना गरेको थियो। बिर्तामोड नगरपालिकाका वडा नं ४ का अध्यक्ष राहुल शर्माको समेत सहभागीता रहेको उक्त श्रद्धाञ्जली सभामा उनका साथीहरूले अंशुलाई सम्झना गर्दै गित गाएर सबैलाई भावुक बनाएको थियो।
ट्युसन पढेर साथी संग मोटर साइकलमा घर फर्कने क्रममा गत माघ १२ गते दुर्घटनामा परेर लामो समय देखि उपाचाररत थिए।
उपचारकै क्रममा उनले बी.एन्ड.सी अस्पतालमा जेठ २७ ज्यान गुमाएका हुन्। उनको निधनले परिवार साथी भाई तथा छर छिमेक तथा आफन्त सबैलाई स्तब्ध बनाएको छ।
अंशुको तेह्रौं पुण्य तिथिमा आश्रमका बृद्धबृद्धा आमा बुबालाई खाना



















