HomeFeatured 2बिर्तामोड ६ मा निर्माण गरिएका बाख्राको खोर अनुगमन

बिर्तामोड ६ मा निर्माण गरिएका बाख्राको खोर अनुगमन

बिर्तामोड, असार । बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा निर्माण गरिएका बाख्राको खोरहरुको अनुगमन गरिएको छ ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले शेर्मा टोलमा पुगेर नगरपालिकाको सहयोगमा निर्माण गरिएका बाख्राका खोरहरुको अनुगमन गर्नु भएको हो ।अनुगमनका क्रममा नगर प्रमुख प्रसाईले खोरलाई अझै व्यवस्थित बनाउन सबैलाई सुझाव दिनुभयो ।
बिर्तामोड नगरपालिकाले मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत बाख्रा पालनका लागि प्रति कृषक समूह ४५ वटाका दरले बाख्रा, बिउ बोका, खोर निर्माणका लागि प्रति खोर ३५ हजार रुपैयाँ, बाख्राको वीमा, खोप, सिजनको घाँस र औषधी उपचारमासमेत सहयोग गर्दै आएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७४र०७५ यता ६ सय ७५ वटा बाख्रा, १५ वटा बोयर जातका बोका बितरण र २ सय २५ वटा खोर निर्माण गरेको छ । यसैगरि नगरपालिकाले मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत नै १३ वटा समूहलाई ३ सय ९० वटा बंगुरका पाठा र १३ वटा विर वितरण गरेको छ । नगरले बंगुरपालनका लागि १ सय ९५ वटा खोर निर्माण गरीदिएको छ ।
खोर अनुगमनमा नगर प्रमुखसंगै पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल, सव ईन्जिनियर दिपेश निरौला र स्थानीय समाजसेवी तथा सन्देश बंगुरपालन समुहकी अध्यक्ष आईतमाया शेर्माको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बिर्तामोड ६ मा निर्माण गरिएका बाख्राको खोर अनुगमन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img