भद्रपुर ६ असार । झापाको भद्रपुर नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरबासीहरुले सुशासन लगायत विकास निर्माणमा नगरपालिका चुकेको बताएका छन् ।
बिहीवार चन्द्रगढीमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा जिज्ञासा र प्रश्न राख्दै नगरबासीले शिक्षा ,स्वास्थ्य लगायतका विकास निर्माणका सम्पूर्ण कायर्हरुमा भद्पुर नगरपालिका मा बेतिथि मौलाउदै गएको औल्याए।
सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै स्वतन्त्र नागरिक प्रेम खनालले नपाले सार्वजनिक विदाको दिन भन्दा बाहिर गएर नपाले सार्वजनिक सुनुवाई कार्यक्रम राखेकोमा आपति जनाउदै नगरपालिका भित्रका सडक निर्माण कार्यमा भ्रष्टाचार हुने गरेको टिप्पणी गरे । कर्मचारी समायोजनमा नपाको चरम लापरबाही भएको बताउदै सेवाग्राहीको काममा ढिला सुस्ती हुने गरेको उनको आरोप थियो ।
स्थानीय लक्षमण बस्नेतले नगरपालिका भित्र शिक्षा तथा विकास निर्माणका काममा घोटाला हुने गरेको बताउदै सेवाग्राहीको कामकाजमा कर्मचारीले अनाहकमा दुख दिने गरेको गुनासो पोखे।
कार्यक्रममा बोल्दै प्रेम न्यौपाने लगायतका नगरवासीले नपाले जीपी भवन लगायतको चिस्यान केन्द्रको पुन निर्माणका लागि नगरपालिकाले कुनै पहल नगरेको, विकास निर्माणका कार्य गुणस्तरीय हुन नसकेको शिक्षाको स्तर उन्नति हुन नसकेको , नपा भित्रका विद्यालयमा अध्यनरत छात्रछात्रा लाई १० प्रतिशत छात्रावृति नदिएको खानेपानी, विजुली लगायतका कुनै समस्याको नगपालिकाले समाधान गर्न नसकेको बताएका हुन । उनले तत्काल वेथितिको अन्त्य गर्न माग गरेका छन् ।
नगरवासीले उठाएका सवालमा शुरुमा नगरप्रमुख गणेश पोखरेलले चित्त बुझ्दो जवाफ नदिएको भन्दै आपत्ती जनाएका थिए । यद्यपी नगरप्रमुख पोखरेलले नपाबाट भएका गतिविधिका बारेमा जानकारी दिंदै नगरवासीको सुझावलाई मध्यनजर गरी कमिकमजोरी सच्याउदै आगामी दिनमा अघि बढ्ने प्रतिवद्धता जनाए । नगर प्रमुख पोखरेलले गिरिजाप्रसाद कोईराला स्मृति भवन पुनः निर्माणको जिम्मा नगरपालिकालाई आएको, चिस्यान केन्द्र तत्काल पुन निर्माणका लागि प्रकृया अगाडि बढाइने बताउदै आगामी आर्थिक वर्ष २०८१÷२०८२ को शुरुदेखि कर्मचारीहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरिने बताए ।
उप प्रमुख राधा कार्कीले न्यायिक समितिले व्यवहारिक कुराहरुलाई प्राथमिकतामा राखेर काम गरेको बताइन् । प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले अनियमिता गर्ने कर्मचारिलाई कारवाहिको दायरामा ल्याइने बताउदै स्तरिय योजना निर्माणका लागि आफैले अनुगमन गर्ने गरेको बताए ।
भद्रपुर नगरपालिकाको कामप्रति नगरबासीको गुनासो, कमजोरी सच्याउने प्रतिवद्धता



















