कालीस्थान ३० जेठ । अर्जुनधारा नगरपालिका भित्रका आधारभूत तथा माध्यमिक बिद्यालयका प्रधानाध्यापक तथा प्राबिधिकहरुलाइ शैक्षिक सूचना प्रणाली (इमिस अपडेट) सम्बन्धि चारदिने तालिम आजदेखि शुरु भएको छ ।
कालीस्थान माध्यमिक बिद्मालयमा आधारभूत बिद्यालय र धार्मिक बिद्यालयका प्रधानाध्यापक/प्राचार्य एवं प्राबिधिकहरुलाइ शैक्षिक सूचना प्रणाली (इमिस अपडेट) सम्बन्धि शैद्धान्तिक एव प्रयोगात्मक प्रशिक्षण दिइएको हो ।
चारदिने प्रशिक्षण अन्तरगत २ दिन आधारभूत तह र दुइदिन माध्यमिक तहका प्रधानाध्यापक तथा प्राबिधिकहरुलाइ प्रशिक्षण दिइने बताइएको छ ।
शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधाराका प्रमुख तोयानाथ रेग्मीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा कालीस्थान माबिका प्रधानाध्यापक इन्द्र उप्रेती, अर्जुनधारा शिक्षा शाखाका जानुका भट्टराई लगायतले मन्तब्य राखेका थिए ।
जानुका भट्टराईले सञ्चालन गरेको कार्यक्रममा हरि तामाङले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा सहभागीका तर्फबाट कालिका सस्कृत बिद्यापीठका तर्फबाट इन्दु पूर्वेली र जुनकीरी आधारभूत बिद्यालयका प्रधानाध्यापक रन्जित परियारले इमिस अपडेट्मा देखिएका समस्या र प्रशिक्षणबाट प्राप्त उपलब्धिबारे मन्तब्य राखेका थिए ।
अर्जुनधारामा शैक्षिक सूचना ब्यवस्थापन प्रणाली क्षमता बिकास तालिम

































































































