Homeसमाचारलागू औषध दुव्र्यसन नियन्त्रणका लागि जनताको सहयोग आवश्यक

लागू औषध दुव्र्यसन नियन्त्रणका लागि जनताको सहयोग आवश्यक

भद्रपुर २६ जेठ । जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख प्रमुख मिलन के सीले झापा जिल्लालाई लागू औषध दुव्र्यसनीको जिल्लाको रुपमा परिचित रहेको बताउदै दुव्र्यसन नियन्त्रणका लागि प्रहरीलाई जनताको सहयोग आवश्यक रहेको बताए।
सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीको समन्वयमा भद्रपुर १० स्थित कलवलगुढीको नागेश्वर ज्योतिर्लिङग कल्पेश्वर देउनियाको चौतारो तथा सिंढीको उद्घाटन गर्दै शनिवार आयोजित कार्यक्रममा सो कुरा बताएका हुन् ।
दुव्र्यसन नियन्त्रणका लागि प्रहरीले महिला तथा बालबालिका लक्षित विभिन्न जनचेतनामुलक कार्यक्रमहरु समेत गर्दै आएको जानकारी दिए । अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न प्रहरी अहोरात्र खटिरहेको बताउदै प्रहरीलाई नागरिकको सहयोग अपरिहार्य रहेको स्पष्ट पारे।
२०८० साल चैत्र २९ गते स्थानीय समाजसेवी भरत सुवेदीको एकल लगानीमा निर्मित सिंढी तथा चौताराको कलात्मक डिजाईन गर्ने काम भद्रपुर १० निवासी गोविन्द चापागाई र राधा चापागाईंले रंगरोगन गरेका थिए। सो अवसरमा उनीहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा सेवाकेन्द्र कोषाध्यक्ष ज्योति रिजाल न्यौपानेले सिंढी तथा चौतारा निर्माण तथा रंगरोगनको आयव्याय सार्वजनिक गरेकी थिइन् । दुर्गाप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव खड्गबहादुर बुढाथोकी र स्वागत मन्तव्य निर्मला दंगालले गरेका थिए । सो कार्यक्रममा भेलागढी सामुदायिक वन उपभोत्त,ा समूह अध्यक्ष पुन्यप्रसाद लम्सालले मन्तव्यमा राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलागू औषध दुव्र्यसन नियन्त्रणका लागि जनताको सहयोग आवश्यक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img