HomeFeatured 2उदघोषण, माइन्युट लेखन तथा फरदर करियर सम्बन्धी तालिम सम्पन्न

उदघोषण, माइन्युट लेखन तथा फरदर करियर सम्बन्धी तालिम सम्पन्न

बिर्तामोड २६ जेठ । बिर्तामोड नगरपालिका वडा नं १० मा सञ्चालित उदघोषण, माइन्युट लेखन तथा फरदर करियर सम्बन्धी ४ दिने तालिम सम्पन्न भएको छ ।
बिर्तामोड नगरपालिका वडा नं १० को सहयोग र नारी संचार गृह झापाको आयोजनामा सञ्चालित एसईई, कक्षा ११ र कक्षा १२ को परीक्षा दिएर बसेका बिधार्थी तथा सोही उमेर समूहका किशोर किशोरीलाई लक्षित गरी गत जेठ २३ गतेदेखि शुरु भएको तालिमको आज ९शनिबार० समापन गरिएको हो । तालिम आयोजक संस्था नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं। १० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न तालिम समापन कार्यक्रममा प्रमुख अतिथि गुरुङले सहभागीलाई प्रमाण पत्र वितरण गरेका थिए ।


प्रमाण पत्र वितरणपछि बोल्दै प्रमुख अतिथि तथा वडाध्यक्ष गुरुङले सिकेको कुरालाई ब्यवहारमा उतार्न आग्रह गर्दै गाउँघरमा हुने टोल समिति, विभिन्न क्लबहरुमा आवद्ध भएर पनि सिकेको सिपलाई सदुपयोग गर्न सुझाए । साथै तालिमको उद्घाटन गर्दै तालिममा उत्कृष्ठलाई पुरस्कारको घोषणा गरेका अध्यक्ष गुरुङले प्रशिक्षक र सहभागीको समेत मूल्याङ्कनमा उत्कृष्ठ ठहरिएकी लीला अधिकारीलाई नगद पुरस्कार समेत प्रदान गरे ।
सो अवसरमा वडा सदस्य पृथ्वी बस्नेतले तालिममा सहभागिताको समावेशी दृष्य र उपलब्धीले आफूलाई एकदमै खुशी महशुस भएको बताउँदै जिज्ञासु हुन र सिक्ने क्रम निरन्तर जारी राख्न आग्रह गरे ।


तालिममा सहभागी लीला अधिकारीले सञ्चालन गरेको कार्यक्रममा जीवन भण्डारी र रक्षा पौडेलले तालिमलाई अवसरका रुपमा लिंदै सिकेको कुरालाई व्यवहारमा प्रयोग गर्ने प्रतिवद्धता जनाउँदै यस्ता प्रकारका व्यवहारिक र भविष्यलाई बाटो देखाउने खालका कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गर्न आग्रह गरे ।
संचार गृहकी कार्य समिति सदस्यद्वय सञ्जु शिवाकोटी र टिका पोखरेलको संयोजनमा संचालित तालिमको सहजीकरण सागर शिवाकोटी, भिमा शिवाकोटी र अम्बिका भण्डारीले गरेको सह सचिव ज्योस्ना श्रेष्ठले जानकारी दिइन् ।
तालिममा ४० बढीको सहभागीता रहेको आयोजक सस्थाकी सदस्य बिनिशा शर्माले जानकारी दिइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2उदघोषण, माइन्युट लेखन तथा फरदर करियर सम्बन्धी तालिम सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img