Homeसमाचारबैचारिक आस्थामाथि बन्देज गरेर लोकतन्त्र बलियो नहुने

बैचारिक आस्थामाथि बन्देज गरेर लोकतन्त्र बलियो नहुने

बिर्तामोड ३० बैशाख । नेपाली काङ्ग्रेस कोशी प्रदेशका सभापति तथा पूर्व मुख्यमन्त्री उद्धव थापाले बैचारिक आस्थामाथी बन्देज गरेर लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन् ।
नेपाल शिक्षक संघको ३५ औं स्थापना दिवसको अवसरमा झापाको चारपानेमा आयोजित शिक्षक अभिनन्दन, सम्मान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता थापाले विद्यालय समय बाहिर शिक्षकलाई आस्था र बिचारमा आवद्ध हुन र गतिविधी गर्न रोक लगाईनु नहुने भनाई थियो ।
वर्तमान सरकारले बिचार र अभिव्यक्ति स्वतन्त्रतामा धावा बोल्न लागेकोप्रती चनाखो रहन आग्रह गर्दै कोशी प्रदेशको पूर्व मुख्यमन्त्री समेत रहेका थापाले बिचार र आस्था रोज्न पाउने अधिकारको सम्मान गर्न आग्रह गरे ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली शिक्षकले पु¥याएको योगदानलाई सबैले स्मरण गर्नुपर्नेमा थापाले जोड दिए । नेपाल शिक्षक संघ झापाका सभापति तोयानाथ दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षा बिकास समन्वय इकाई प्रमुख राजकुमार बिक, नेपाली कांग्रेस झापा उप सभापति केशवराज पाण्डे, नेपाली कांग्रेस झापा सचिव कृष्ण हुमागाइ, नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष नेत्र खरेल, कृष्णमाया रिजाललगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कृष्णमाया दाहालले स्वागत गरेको कार्यक्रमको सञ्चालन देबेन्द्रचन्द्र सिंह राजवंशीले गरेका थिए । कार्यक्रममा प्रकाशचन्द्र भण्डारीलाई अभिनन्दन गरिएको थियो भने विभिन्न विधामा ३० जना बढीलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबैचारिक आस्थामाथि बन्देज गरेर लोकतन्त्र बलियो नहुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img