बिर्तामोड ३० बैशाख । झापाका तीन जना पत्रकारसहित ११ जना अक्षयकोष दाता सम्मानीत भएका छन् । दशनामीहरुका कुलगुरु शंकराचार्यको १२३६ औं जन्मजयन्तीका अवसरमा नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले आइतवार (आज) उनीहरुलाई सम्मान गरेकोे छ ।
अग्रज पत्रकार, नागरिक एफएमका प्रधान सम्पादक तथा साप्ताहिक समाचारका सम्पादक गोपाल गिरी, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष तथा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरी र शब्दपत्र डटकमका सम्पादक उद्धव पुरी सम्मानीत भएका हुन् । पत्रकारले दशनामी समाजको प्रचारप्रसारमा समाचारका माध्यमबाट पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै समाजले सम्मान गरेको हो ।
त्यस्तै समाजका केन्द्रिय संरक्षक तथा अक्षयकोष दाता भरतलाल गिरी, केन्द्रिय अध्यक्ष तथा अक्षयकोष दाता गोबिन्दबिक्रम गिरी, केन्द्रिय सल्लाहकार सदस्य तथा अक्षयकोष दाता बालकृष्ण गिरी, समाजका कोशी प्रदेश सल्लाहकार तथा अक्षयकोषदाता चन्द्रप्रसाद र कोशी प्रदेश उपाध्यक्ष शारदा गिरी, समाजका कोशी प्रदेश अध्यक्ष तथा अक्षयकोष दाता पदमबहादुर पुरी (प्रकाश), बिर्तामोड नगर सल्लाहकार तथा अक्षयकोष दाता नरनाथ गिरी, नगर सल्लाहकार तथा अक्षयकोष दाता सन्तोष गिरी, अक्षयकोष दाता सूर्यप्रसाद र देबीकुमारी गिरी, सल्लाहकार तथा अक्षयकोषदाता शंकर गिरी, बिर्तामोड नगर कोषाध्यक्ष तथा अक्षयकोषदाता खड्गराज गिरी र अक्षयकोष दाता हेमराज गिरी सम्मानीत भएका छन् । उनीहरुले नगरले स्थापना गरेको अक्षयकोष तथा हितकोषका लागि रकम प्रदान गरेको भन्दै सम्मान गरिएको हो ।
नेपाल दशनामी समाज बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका संस्थापक केन्द्रिय संरक्षक कृष्णकुमार गिरीको प्रमुख आतिथ्य रहेको थियो । सम्मानीत ब्यक्तित्वहरुलाई प्रमुख अतिथि गिरीले सम्मान गरेका थिए ।
स्वागत घनश्याम गिरीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि कृष्णकुमार गिरी, केन्द्रिय संरक्षक भरतलाल गिरी, केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रम गिरी, केन्द्रिय सदस्य एलबी गिरी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, कोशी प्रदेश सल्लाहकार चन्द्रप्रसाद गिरी, कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), पूर्व झापा अध्यक्ष खिलबहादुर गिरी (राजु), अक्षयकोषदाता नरनाथ गिरी, अर्जुनधारा नगर अध्यक्ष होमनाथ पुरी, मेचीनगर नगर अध्यक्ष भूपेन्द्र गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कोशी प्रदेश सह–सचिव उमेश भारतीले गरेका थिए । सोही कार्याक्रमकाबिच नगर अध्यक्ष अर्जुन गिरीको कार्यलाई उच्च मूल्याङ्कन गर्दै अक्षयकोष दाताहरुको तर्फबाट सम्मान गरिएको थियो ।
दशनामीका हरेक गतिविधिमा सहयोग पुर्याएको भन्दै बिर्तामोड अनलाइन सोझाका सञ्चालक खड्क थापा, इमेज फोटो स्डुडियोका सञ्चालक तथा फोटो ग्राफर खड्ग राय, मनकामना फुड बेभरेजका सञ्चालक नवराज भारतीलाई पनि सम्मान गरिएको कार्यक्रममा नगर समितिको कार्यालयका लागि नगर कोषाध्यक्ष खड्गराज गिरी र नगर सह–सचिव प्रजित पुरी (धनबहादुरले १/१ सेट सोफासमेत खरिद गरेर नगरलाई उपलब्ध गराएका थिए ।
शंकराचार्य जन्मजयन्तीमा झापाका तीन पत्रकारसहित ११ जना सम्मानीत



















