काठमाडौं ३० बैशाख । नेपाली कांग्रेस झापा–काठमाडौं सम्पर्क समितिको तेस्रो अधिवेशनबाट निर्वाचनबाट अध्यक्षमा नवीन जोशी चयन भएका छन् । जोशी झापा अर्जुनधाराका स्थायी बासिन्दा हुन् ।
समितिको काठमाडौंमा शनिवार सम्पन्न भेलाले सभापतिमा जोशी, उपसभापतिमा उमा श्रेष्ठ, भुपेन्द्र सिटौला र लक्ष्मीप्रसाद ओली, महासचिवमा तुलसा पन्त निर्वाचित भएका छन् भने प्रवक्तामा सागरकुमार घिमिरे, सचिवमा सञ्जय ढकाल र कोषाध्यक्षमा यशोदा कार्की चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सोमा शिवाकोटी, गोपालचन्द्र राजवंशी, विनोदकुमार दाहाल, कमलप्रसाद थपलिया, हेम भण्डारी, दिपक खड््का, रोशन लामिछाने, भीमकुमार कटुवाल, विष्णुप्रसाद पाठक, मनोजकुमार नेम्वाङ र बसन्धरा चौहानसहित १९ सदस्यीय कार्यसमिति चयन गरिएको नवनिर्वाचित सदस्य सोमा शिवाकोटीले जानकारी दिइन ।
यसअघि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सिटौला, नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापा, नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, सरिता प्रसाईं, नानु बास्तोला नेपाल सांस्कृतिक संघका अध्यक्ष तिर्थ थापा, खगेन्द्र अधिकारी, जोगिन्दर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
दिपक उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मछिन्द्र शेर्मा र सञ्चालन महासचिव चन्द्र घिमिरेले गरेका थिए ।
झापा–काठमाडौं सम्पर्क समितिको अध्यक्षमा नवीन



















