Homeसमाचारलागू औषध दुव्र्यसन नियन्त्रणका लागि रणनीति बनाउने नगरप्रमुख पोखरेलको प्रतिवद्धता

लागू औषध दुव्र्यसन नियन्त्रणका लागि रणनीति बनाउने नगरप्रमुख पोखरेलको प्रतिवद्धता

भद्रपुर २८ बैशाख । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले लागू ओैषध दुव्यसन नियन्त्रणका लागि रणनीति बनाएर अघि बढ्ने प्रतिवद्वता जनाएका छन् ।
भद्रपुर नगरपालिकाको सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा सञ्चालित दुइदिने लागू औषध दुव्र्यसन तथा ओसार–पसार नियन्त्रणमा हाम्रो भूमिका विषयक कार्यशाला गोष्ठीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख पोखरेलले लागू ओैषध नियन्त्रण चुनौति बन्दै गएको बताउँदै गोष्ठीबाट प्राप्त सुझावलाई आधार मानेर सबै वडाका जनप्रतिनिधिहरू बीच छलफल गरी नियन्त्रणका लागि रणनीति बनाएर अघि बढ्ने प्रतिवद्वता जनाएका हुन । खुल्ला सिमानाका कारण भद्रपुर नगरपालिका लागू ओैषधको प्रत्यक्ष प्रभावमा रहेको बताउँदै नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्ने कुरामा नगरपालिकाले गम्भीर रूपमा लिएको बताए ।


लागू औषध दुव्र्यसन र ओसार पसारका दृष्टिले लागू औषध दुव्र्यसन तथा ओसार पसार विरुद्ध काम गर्ने सुरक्षा संयन्त्रदेखि देशकै ध्यान झापा केन्द्रित भएको उल्लेख गर्दै नगरप्रमुख पोखरेलले वडादेखि टोलसम्म पुग्ने किमिसले योजना बनाइने उनको भनाई थियो ।
सो अवसरमा सहभागीका तर्फबाट दुर्गा निरौला, बुद्धिसागर आचार्य, इन्द्रप्रसाद ओली, सरोज कोइराला लगायतले लागू ओैषध तथा दुव्यसनको स्थिति भयावह बनेको भन्दै तत्काल टोलदेखि वडासम्मै, विद्यालयदेखि युवा, विद्यार्थी सबैलाई लक्षित कार्यक्रम ल्याउन माग गरे । साथै लागू ओैषध दुव्यसनको र त्यसको असरबारे स्कूलका पाठ्यक्रममा समेत समेट्न आग्रह गरे । साथै सीमानाकामा दैनिक कवाडी ओसार्ने नाममा हुने ओहोर–दोहोर र गतिविधिलाई निगरानीमा राख्न समेत सहभागीले माग गरेका थिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, सामाजिक विकास शाखा प्रमुख जीवनकला राउत लगायतले मन्तव्य राखेको कार्यक्रममा नारी सञ्चार गृहकी पूर्व अध्यक्ष अम्बिका भण्डारीले संस्थाले गर्दै आएका काम तथा उठाउँदै आएका सार्वजनिक महत्वका विषय र रिपोर्टिङका क्रममा पाइएका लागू ओैषधले समाजमा पारेको असरबारे प्रकाश पारेको विनिशा शर्माले जानकारी दिइन् ।


नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा सम्पन्न गोष्ठीमा कार्यक्रम संयोजक तथा नारी सञ्चार गृहकी सहसचिव जोस्ना श्रेष्ठले सञ्चालन गरेकी थिइन भने जिल्ला प्रहरी कार्यालय झापा अन्तरगत इलाका प्रहरी कार्यालय जलथलका इन्चार्ज प्रहरी सहायक निरीक्षक ओमराज पौडेल, पुर्नजन्म समूह नेपालका राजु गिरी, सहजीकरण नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल र भीमा शिवाकोटीले सहजीकरण गरेको इशा श्रेष्ठले बताइन ।
गोष्ठीमा जिल्लामा लागू औषध प्रयोग, दुव्र्यसन र ओसार–पसार तथा नियन्त्रणका लागि गरिएका प्रयासबारे, कानूनी व्यवस्था, लागू औषध प्रयोगमा बालबालिका, महिला, युवा तथा वयस्कका अवस्था, लागू औषध दुव्र्यसन, दुव्र्यसनका चरण र असर, प्रयोग कर्तालाई समाजमा हेर्ने दृष्टिकोण र गरिने व्यवहार, प्रयोगकर्ताको घर परिवारमा पर्ने असर, परिवार र समाजले गर्ने व्यवहार, पुर्नस्थापना केन्द्रको आवश्यकता र महत्व, समस्याका रुपमा देखिएको लागू औषध दुव्र्यसन तथा ओसार पसार नियन्त्रणमा समाजको भूमिका लगायतका विषयवस्तुबारे चर्चा गरिएको आयोजक संस्थाकी सञ्जु शिवाकोटीले जानकारी दिइन् ।
भद्रपुर नगरपालिकाको वडा नं. २ को सभाहलमा बिहीबारबाट शुरु भएको कार्यक्रमको उद्घाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलागू औषध दुव्र्यसन नियन्त्रणका लागि रणनीति बनाउने नगरप्रमुख पोखरेलको प्रतिवद्धता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img