Homeसमाचारलागू औषध दुव्र्यसन तथा ओसार पसार नियन्त्रणमा सबैको सहकार्य जरुरी

लागू औषध दुव्र्यसन तथा ओसार पसार नियन्त्रणमा सबैको सहकार्य जरुरी

पृथ्वीनगर २७ बैशाख । पछिल्लो समय झापामा लागू औषध दुव्र्यसनी तथा ओसार–पसारमा बृद्धि भएको भन्दै चिन्ता व्यक्त गरिरहेका बेला झापाको भद्रपुरमा लागू औषध दुव्र्यसन तथा ओसार–पसार नियन्त्रणमा हाम्रो भूमिका विषयक दुई दिने कार्यक्रम विहिबारदेखि शुरु भएको छ ।
भद्रपुर नगरपालिकाको सहयोग र नारी सञ्चारर गृह झापाको आयोजनामा भद्रपुर नगरपालिका वडा नं.–२ र भद्रपुर नगरपालिकामा (अलग अलग दुई ठाउँ) हुने दुईदिने कार्यशाला गोष्ठीको कार्यक्रमका प्रमुख अतिथि तथा भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले उद्घाटन गर्नुभयो । गोष्ठीको उद्घाटन गर्दै प्रमुख निरौलाले लागू औषध दुव्र्यसन र ओसार–पसारको अवस्था भयानक बन्दै गएको बताउँदै न्युनिकरण तथा नियन्त्रणमा सबैले हातेमालो गर्नुपर्ने बताए । दुव्र्यसनले कसैलाई पनि भलो नगर्ने उल्लेख गर्दै निरौलाले कम्तीमा आ–आफ्नो घरमात्रै सुधार गर्दा पनि स्वच्छ समाज निर्माणमा सहयोग पुग्ने बताउँदै सबै सचेत भएर सहकार्य गर्दै लागू औषध विरुद्ध उभिन आह्वान गरे ।


कार्यक्रममा अतिथि तथा भद्रपुर नगरपालिका वडा नं.–२ का वडाध्यक्ष रामबहादुर कँडेलले लागू औषध दुव्र्यसन र ओसार–पसार समस्याका रुपमा देखा परेको बताउँदै नियन्त्रणका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । सो अवसरमा वडा नं. १ का वडाध्यक्ष रामप्रसाद अधिकारीले मुख्य समस्यालाई पहिचान गरेर कार्यक्रम आयोजना गरेको भन्दै खुशी व्यक्त गरे ।
भद्रपुर नगरपालिका वडा नं.१, २ र ३ नं. वडाका टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, विद्यालयका प्रधानअध्यापक, आमा समूहमा आवद्ध महिलाहरु लगायतको सहभागिता रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापा अन्तरगत इलाका प्रहरी कार्यालय जलथलका इन्चार्ज प्रहरी सहायक निरीक्षक ओमराज पौडेल लागू औषध प्रयोगको जिल्लाको तुलनात्मक तथ्याङ्कीय अवस्था, कानूनी व्यवस्था, लागू औषध प्रयोगमा बालबालिका, महिला, युवा तथा वयस्कका अवस्था लगायतका विषयमा सहजीकरण गरेको कार्यक्रममा लागू औषध दुव्र्यसन के हो ? लागू औषध दुव्र्यसनका चरणहरु, लागू औषध सेवनकर्तालाई समाजमा हेर्ने दृष्टिकोण र गरिने व्यवहार, लागू औषध प्रयोगकर्ताको घर परिवारमा पर्ने असर तथा व्यक्ती स्वयंलाई हुर्ने असर, लत लागेकालाई खान नपाउँदा हुने असर, प्रयोगकर्तालाई सुधार गर्नका लागि घर परिवार र समाजले गर्ने व्यवहार, पुर्नस्थापना केन्द्रको आवश्यकता र महत्व लगायतका विषयमा पुर्नजन्म समूह नेपालका राजु गिरीले सहजीकरण गरेका थिए । नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल लगायतले समस्याका रुपमा देखिएको लागू औषध दुव्र्यसन तथा ओसार पसार नियन्त्रणमा समाजको भूमिका लगायतका विषयमा सहजीकरण गरेको बिनिशा शर्माले बताइन् ।
नारी सञ्चार गृहकी झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा स्वागत तथा औचित्य माथि भीमा शिवाकोटीले प्रकाश पारेकी थिइन् भने कार्यक्रम संयोजक जोस्ना श्रेष्ठले सञ्चालन गरेको सञ्जु शिवाकोटीले जानकारी दिइन् । पूर्व अध्यक्ष अम्बिका भण्डारीसहितको उपस्थिति रहेको कार्यक्रमको सगरमाथा माविका प्रधानअध्यापक डम्बर खनाल, हिमाली टोल विकास संस्था भद्रपुर–१ की अध्यक्ष निलिमा खनाल,चन्द्र सूर्य टोल विकास संस्थाका सचिव देवराज श्रेष्ठ लगायतले कार्यशाला गोष्ठी उपलब्धीमुलक रहेको प्रतिक्रिया दिंदै आगामी दिनमा योजनामा समेटेर कार्यक्रम तय गर्न वडा तथा नगरपालिका समक्ष आग्रह समेत गरे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलागू औषध दुव्र्यसन तथा ओसार पसार नियन्त्रणमा सबैको सहकार्य जरुरी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img