Homeसमाचारदेश विकासका लागि श्रमिकको आर्थिक उन्नति र आत्मसम्मान आवश्यक

देश विकासका लागि श्रमिकको आर्थिक उन्नति र आत्मसम्मान आवश्यक

बिर्तामोड १९ बैशाख । नेपाली काङ्ग्रेस झापाका सभापति देउकुमार थेबेले शोसित/पीडित किसान, मजदुर र तमाम नेपाली जनताको निमित्त नेपाली काङ्ग्रेस पार्टीको जन्म भएको बताएका छन् ।
१३५ औ श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन काङ्ग्रेस झापाद्वारा बिर्तामोडमा आयोजित र्यालीपछिको सभालाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सभापति थेवेले श्रमिक बर्गको आर्थिक उन्नति र आत्मसम्मान बढाउन नसकेसम्म देश बिकासको गति अघि बढ्न नसक्ने भनाइ राखेका हुन्।
नेपाल ट्रेड युनियन काङ्ग्रेसका केन्द्रीय उपाध्यक्ष ज्योती कोइरालाले श्रमिकले आफुले काम गरेको ज्याला समयमै पाउनुपर्ने कुरामा जोड दिदै मजदुरलाई सताएर कोही पनि सम्पन्न नहुने बताए ।
नेपाली काङ्ग्रेस झापाका सचिब कृष्ण हुमागाइले श्रम र श्रमजीवीको सम्मानले मात्रै देश बिकासको गति अघि बढ्ने धारणा राखे । नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दिपक तामाङले बिगत ८ हप्तादेखी चिया बगानमा कार्यरत मजदुरले ज्याला नपाएको बताउदै अबिलम्ब ज्याला दिन उद्योगीसंग माग गरे । मजदुरका यी मागलाइ बेवास्ता गरे कडा आन्दोलनमा उत्रने उनको चेतावनी थियो ।
नेपाल ट्रेड युनियन काङ्ग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङ, नेपाल ट्रेड युनियन काङ्ग्रेसका केन्द्रीय सदस्य उर्मिला पोखरेल, कोशी प्रदेश सचिब उमाकान्त आचार्य, नेपाल शिक्षक संघ कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौलागाईं, बुधकरण टिः स्टेटका मजदुर चुनु हेमरम लगायतले मे दिवसको शुभकामना मन्तब्य राखेका थिए ।
नेपाल ट्रेड युनियन काङ्ग्रेस झापाका सचिब जीवन खड्काले सन्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्णमाया रिजालले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारदेश विकासका लागि श्रमिकको आर्थिक उन्नति र आत्मसम्मान आवश्यक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img