Homeसमाचारगौतमसहित १० जनालाई सम्मान, निर्वाचन प्रचारप्रसारमा खटिन थेवेको आह्वान

गौतमसहित १० जनालाई सम्मान, निर्वाचन प्रचारप्रसारमा खटिन थेवेको आह्वान


विर्तामोड २८ चैत । नेपाली कांग्रेस विर्तामोड ५ नम्बर वडा समितिले राजनीति पीडित एवं सञ्चार, शिक्षा, समाजसेवा क्षेत्रका अग्रज १० जना ब्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
वडा समितिद्वारा नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय विर्तामोडमा आयोजित नयाँ बर्ष २०८१ को अवसरमा शुभकामना आदान–प्रदान, भित्ते पात्रो विमोचन एवं सम्मान कार्यक्रमका बीच सञ्चार, शिक्षा, राजनीति, समाजसेवा लगायत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका १० जनालाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा नेपाल प्रेस युनियन केन्द्रीय समितिका सचिव रेजिना गौतम, देवीप्रसाद तिम्सिना, यसोदा ओली, गणेशप्रसाद सिटौला, चन्द्र कट्टेल, खड्गप्रसाद सिटौला, डिल्ली प्रसाई, विष्णुबहादुर राई (मुन्ना) पवित्रा तामाङ र चन्द्रबहादुर सापकोटा रहेका छन् । सञ्चार क्षेत्रबाट सामाजिक रुपान्तरण एवं राजनीतिक परिवर्तनमा महत्वपूर्ण भुमिका खेलेको भन्दै विर्तामोडबाट प्रकाशित जनआन्दोलन डट.कम का सम्पादक एवं नारी सञ्चार गृहका अध्यक्ष समेत रहनुभएकी गौतमलाई सम्मान गरिएको हो ।
वडा समितिले लामो समयसम्म राजनीतिमा सक्रिय एवं राजनीतिमा लागेकै कारण पीडित बन्नुपरेका अग्रज राजनीतिकर्मी तथा शिक्षा र सामाजिक सेवामा महत्वपूर्ण योगदान पु¥याएको भन्दै विभिन्न क्षेत्रका अग्रज महानुभावलाई सम्मान गरेको हो ।
सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
सम्मान एवं शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता थेवेले इलाम–२ नम्बर क्षेत्रको निर्वाचन परिचालनमा आ–आफ्नो तर्फबाट भूमिका खेल्न आह्वान गर्नुभयो । इलाम–२ का उम्मेद्वार डम्बर खड्का ४० बर्ष अघिदेखि विद्यार्थी राजनीतिमा प्रवेश गरेर नेपाली कांग्रेसका गतिविधिमा क्रियाशिल रहेको बताउँदै सभापति थेवेले सामाजिक क्षेत्रमा उहाँको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । कार्यकर्ताको क्रियाशिलतामा नै पार्टीको सांगठनिक गतिविधि भर पर्ने बताउँदै उहाँले हरेक कार्यक्रमहरुमा सहभागिता जनाएर सक्रिय हुन कार्यकर्तालाई आह्वान गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य मिरा खड्का, महासमिति सदस्यहरु जलकुमार गुरुङ र सिता पौडेल, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, नेपाली कांग्रेस विर्तामोड नगर सभापति भोजराज सिटौला लगायतले मन्तब्य राख्नुभएको थियो ।
वडा सभापति दिपक मेनेङ्बोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति सुष्मा पौडेल र सञ्चालन उपसभापति खगेन्द्र प्रसाई तथा सचिव राजेश नेपालले संयुक्त रुपमा गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारगौतमसहित १० जनालाई सम्मान, निर्वाचन प्रचारप्रसारमा खटिन थेवेको आह्वान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img