HomeFeatured 2इमान र निष्ठाका साथ सरकारले काम गरिरहेको सञ्चार मन्त्री शर्माको जिकिर

इमान र निष्ठाका साथ सरकारले काम गरिरहेको सञ्चार मन्त्री शर्माको जिकिर

बिर्तामोड, चैत सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले  बर्तमान सरकारले इमान र निष्ठाका साथ काम गरिरहेको बताएकी छिन्।
उनले जनताको लामो संघर्ष र बलिदानले व्यवस्था परिवर्तन भए पनि अवस्थामा परिवर्तन हुन नसक्नु दुखद पक्ष भएकाे धारणा राखिन्।
प्रेस सेन्टर नेपाल झापा जिल्ला समन्वय समितिले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा
व्यक्तिगत स्वतंत्रता हनन् भएको र सरकारको गतिविधि निरूंकुश बन्दै गएको भन्ने पत्रकारको प्रश्नमा सरकारका तर्फबाट कमी कमजोरी भए सरकार आत्मसात गरेर अघि बढ्ने उनको जवाफ थियो। साथै सरकार समस्याको समाधानका लागि टेबुल टक गर्न तयार रहेको पनि उनले स्पष्ट पारिन् ।
संचार क्षेत्रमा देखिएका चुनौती र समस्याका बारेमा जिज्ञासा राख्दा लागि मंत्री शर्माले बर्षौं देखि नविकरण गर्न नसकिरहेको संचार संस्थालाई जरिवाना छुट गरिएको जानकारी दिईन्।
उनले संचार संस्थालाई नवीकरणको लागि केन्द्रमा धाउनु पर्ने जस्ता झन्झट कम गर्न जिल्ला हुलाक कार्यालयमै नवीकरणको व्यवस्था मिलाईएको ,बिज्ञापन बोर्ड मार्फत लोककल्याणकारी बिज्ञापनको व्यवस्था गरी सरकारको तर्फबाट केही हदसम्म संचार संस्थालाई टिकाई राख्ने प्रयास भएको बताइन्। संचार क्षेत्रमा देखिएका चुनौती र समस्या न्युनतम पारिश्रमिक निर्धारण जस्ता बिषयमा सरकार गम्भीर रहेको उनले बताइन्।
प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्यक्रम सचिव पुष्प खड्काले सञ्चालन गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2इमान र निष्ठाका साथ सरकारले काम गरिरहेको सञ्चार मन्त्री शर्माको जिकिर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img