भद्रपुर २४ चैत्र । गत बर्षमात्र गठन भएको भद्रपुर गोल्ड कपले शनिवार प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ । मेची रंगशालाको आफ्नै सभाहलमा सम्पन्न सभाको कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले उद्घाटन गरे । उद्घाटन गर्दै प्रदेश सरकारले खेलक्षेत्रको पुर्वाधार विकास लगायतका क्षेत्रमा खेलकुदको बृदिविकासमा लागि प्रदेश सरकार रहेको बताए । उनले भद्रपुर झापा गोल्डकपका लागि बजेट छुट्याएर थप बजेटका लागि संघीय सरकारसंग पहल गर्ने समेत बताए । कार्यक्रममा प्रशिक्षक भागिरथ आले मामालाई प्रमाण पत्र प्रदान गरेर सम्मान समेत गरिएको थियो ।
सोही अवसरमा सौर्य एयरलाईन्सका प्रबन्धक दिपक पोखरेलले आउने बर्ष संचालन गरिने गोल्डकप संचालनका लागि रु २५ लाख दिने घोषणा समेत गरे। अध्यक्ष दिपेश ढकालले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका कार्यक्रममा नेकपा माओवादी केन्द्र झापा अध्यक्ष राजु आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टी भद्रपुर अध्यक्ष प्रेम न्यौपाने लगायतले मन्तव्य राखेका थिए । ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत डिल्लीराम घिमिरे र संचालन महासचिव जीवन श्रेष्ठले गरे ।
भद्रपुर गोल्ड कपको प्रथम बार्षिक साधारणसभा सम्पन्न



















