Homeसमाचारनेपालको न्यायालय दक्षिण एसियाकै उत्कृष्ठ भएको दावी

नेपालको न्यायालय दक्षिण एसियाकै उत्कृष्ठ भएको दावी

भद्रपुर २३ चैत । सर्वोच्च अदालतकी बरिष्ठ न्यायाधीश सपना मल्ल प्रधानले नेपालको न्यायलय सुशासन कायम गर्न र गराउन दक्षिण एशिया मै उत्कृष्ट रहेको बताएका छन् ।
पूर्वाञ्चल क्षेत्रका अदालतहरुको निरीक्षण गर्ने क्रममा झापा जिल्ला अदालतमा आइपुगेकी न्यायधीश प्रधानले नेपाल बार एसोसिएसन झापामा आवद्ध कानून व्यवसायीहरुसंगका क्रममा शुक्रबार चन्द्रगढीमा कानून व्यवसायीहरुको जिज्ञासाको जवाफ दिंदै यस्तो बताएकी हुन् ।
सुशासन कायम गर्न नेपालमा राजनीतिक, आर्थिकरुपमा चुनौति रहेको बताउदै प्रविधि मैत्री न्यायपालिका बनाउन राज्यले न्यायपालिकालाई पूर्णता नदिएको बताइन् । न्यायाधीश मल्लले निष्पक्ष न्याय प्रदान गर्न अदालत कठिवद्ध रहेको बताउदै फैसला गर्ने क्रममा न्यायाधीशको पक्षमा कोही नरहने दुखेसो समेत गरिन।
न्यायपालिका सुधारका लागि सबै पक्षले सहयोग गर्नुपर्नेमा उनको जोड रहेको छ। कार्यक्रममा नेपाल बार एसोसिएसन केन्द्रीय उपाध्यक्ष सुरज खत्री लगायतका झापाका कानून व्यावसायीहरुले अदाललतबाट न्याय सम्पादन लगायतका विषयमा हुने ढिलासुस्ती लगायतका बिषयमा जिज्ञासा राख्दै सुधारका लागि विभिन्न सुझावहरु दिइन् ।
एसोसिएसन झापा अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष भिम बराल र संचालन सचिव सन्तोष प्रसाईले गरेका थिए। सोही अवसरमा सजाँयमा छुट दिने मागदाबी सम्बन्धि निर्देशिका २०८० उपयोगीता र कार्यान्वयनमा चुनौति विषयक अन्तरक्रिया समेत सम्पन्न गरिएको थियो ।
काननू व्यावसायी क्षमता अभिवृद्धि समिति झापा बारको संयोजन तथा नेपाल बार एसोसिएसन झापाको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा कार्यपत्र जिल्ला न्यायधिवक्ता रुद्रप्रसाद आचार्य र कानून व्यवसायी यज्ञलक्ष्मी चौलागाईले प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि जिल्ला न्यायाधीश तेजबहादुर खड्का तथा बरिष्ठ अधिवक्ता गजेन्द्र आचार्यले टिप्पणी गरेका थिए। कार्यक्रममा बरिष्ठ अधिवक्ता लेखनाथ निरौला लगायतले मन्तव्य राखेका थिए।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेपालको न्यायालय दक्षिण एसियाकै उत्कृष्ठ भएको दावी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img