HomeFeatured 2पत्रकार महासंघको निर्देशन कार्यान्वयनमा संशय, प्रेस युनियन कोशीद्वारा ध्यानाकर्षण पत्र जारी

पत्रकार महासंघको निर्देशन कार्यान्वयनमा संशय, प्रेस युनियन कोशीद्वारा ध्यानाकर्षण पत्र जारी

विर्तामोड २२ चैत । सदस्यता सुद्धीकरण अभियानलाई टुङ्गोमा नपु¥याई नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र कोशी प्रदेश समितिले जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन आह्वान गरेपछि कार्यान्वयनमा संशय देखिएको छ । महासंघका कत्तिपय जिल्ला शाखाले अधिवेशन घोषणा गरेपनि सदस्यता विवाद टुङ्गो नलागेसम्म नेपाल प्रेस युनियनले अधिवेशन नगर्न ध्यानाकर्षण बुझाएसंगै महासंघको निर्णय कार्यान्वयन जटिल बनेको छ । पत्रकार महासंघले चैत महिनाभित्रमा जिल्ला अधिवेशन सम्पन्न गर्न निर्णय गर्दै शाखाहरुलाई पत्राचार परेपनि चरम विवादमा रहेको सदस्यताको टुङ्गो लागेको छैन । यही अवस्थामा अधिवेशन गरे सदस्यता विषयले चरम विवाद निम्त्याउने ठहर गर्दै प्रेस युनियन केन्द्रीय समितिको चैत १६ र १७ गते इटहरीमा सम्पन्न बैठकले सदस्यता टुङ्गो नलागी अधिवेशन गरे त्यसबाट उत्पन्न परिस्थितिबारे महासंघ आफैं जिम्मेवार हुनुपर्ने भन्दै सबै जिल्लाका शाखाहरुलाई महासंघको ध्यानाकर्षणका लागि पत्राचार गरेसंगै युनियनका शाखाहरुले धमाधम महासंघको अधिवेशन तत्काल रोक्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाइरहेका छन् ।


नेपाल प्रेस युनियन केन्द्रीय समितिको केहीदिनअघि इटहरीमा सम्पन्न बैठकले सदस्यता सुद्धीकरण अभियानलाई टुङ्गोमा पु¥याएर मात्रै अधिवेशन गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई आग्रह गरेको छ । प्रेस युनियन कोशी प्रदेश समितिले सदस्यता सुद्धीकरण अभियानलाई थाँती राखेर जिल्ला प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रदेश समितिका अध्यक्ष मीनकुमार श्रेष्ठ नवोदितले ध्यानाकर्षण पत्र जारी गर्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको बैशाख १२ गते प्रदेश अधिवेशन गर्ने निर्णयले सदस्यता सुद्धीकरण अभियानलाई ओझेलमा पार्ने काम गरेको ठहर गर्दै अधिवेशन आह्वानप्रति नै आपत्ति प्रकट गरेको हो ।
‘बैशाख १२ गतेका लागि घोषणा गरिएको प्रदेश अधिवेशन तत्काल स्थगित गरेर सुद्धीकरणको अभियानलाई सहज बनाउन युनियन जोडदार माग गर्दछ’–ध्यानाकर्षण पत्रमा भनिएको छ–‘पत्रकार महासंघको सदस्यता टुङ्गो नलगाई अधिवेशन र साधारणसभासहितका कुनै पनि प्रक्रिया अगाडि नबढाउन नेपाल प्रेस युनियन कोशी प्रदेश समिति आग्रह गर्दै ध्यानाकर्षण गराउँदछ । प्रेस युनियनले अघि सारेका मागलाई बेवास्ता गर्दै अधिवेशन÷साधारणसभासहित प्रक्रिया अगाडि बढाएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जवाफदेही स्वयम् पत्रकार महासंघ प्रदेश समिति हुनेसमेत यसै ध्यानाकर्षणपत्रमार्फत जानकारी गराउँदछौं ।’
पत्रकार महासंघले शुरु गरेको सदस्यता सुद्धीकरण अभियानमा नेपाल प्रेस युनियनको प्रारम्भदेखि नै साथ र सहयोग रहेको समेत ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघले थालेको सदस्यता सुद्धीकरण अभियान अन्तर्गत पत्रकार महासंघ जिल्ला शाखा र सम्बन्धित प्रदेश समितिले गरेको नामावली सिफारिसलाई नटुङ्ग्याई शाखा, प्रदेश र केन्द्रीय समितिको अधिवेशन मिति तय गरेपछि प्रेस युनियन केन्द्र र प्रदेश समितिले सदस्यता सुद्धीकरण अभियान टुङ्ग्याएर मात्रै अधिवेशन गर्न माग गरेका हुन् ।
नेपाल पत्रकार महासंघको २०८० चैत ७ गतेको बैठकले २०८१ बैशाख १ देखि १२ गतेसम्म प्रदेश अधिवेशन, बैशाख २१ र २२ गते लुम्बिनीमा केन्द्रीय अधिवेशन र त्यसअघि जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गर्दै निर्देशन जारी गरिसकेको छ । यद्यपि हालसम्म अधिकांश शाखाले अधिवेशन आह्वान गरेका छैनन् ।
महासंघद्वारा बैठकपछि महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘बैठकले महासंघका सबै प्रदेशको अधिवेशन २०८१ वैशाख १ देखि १२ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको छ । त्यसअघि महासंघका सबै शाखा समिति, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाको अधिवेशन गर्न निर्देशन गरेको छ । अधिवेशन सम्पन्न गर्दा महासंघबाट केन्द्रीय प्रतिनिधिको अनिवार्य सहभागिता हुनुपर्ने व्यवस्था गरिएको छ ।’ बैठकले सातै प्रदेश, एसोसिएट, प्रतिष्ठान एवं उपत्यका प्रदेशका लागि प्रतिनिधि समेत तोक्दै प्रतिनिधिको उपस्थितिमा मात्रै अधिवेशन सम्पन्न गर्न निर्देशन जारी गरिसकेको छ ।
यसैगरी नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको २०८० चैत १५ गतेको बैठकले केन्द्रले तय गरेको कार्यतालिकाभित्रै शाखा अधिवेशन सम्पन्न गर्न १४ वटै जिल्ला शाखालाई निर्देशन गर्दै प्रदेश प्रतिनिधि समेत तय गरिसकेको छ भने १२ गते कोशी प्रदेश अधिवेशन तय गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2पत्रकार महासंघको निर्देशन कार्यान्वयनमा संशय, प्रेस युनियन कोशीद्वारा ध्यानाकर्षण पत्र जारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img