Homeसकारात्मक सन्देश प्रवाह गर्न सिंहको आग्रह

सकारात्मक सन्देश प्रवाह गर्न सिंहको आग्रह

विर्तामोड २२ चैत । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन्।
देशकै नम्बर १ सहकारीमा पर्न सफल सहारा नेपाल साकोसको २९ औं बार्षिक उत्सव समारोहलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सांसद श्रेष्ठले नकारात्मक प्रवृत्तिको बढी प्रचार–प्रसार हुँदा नेपालमा बसेर केही गर्न सकिदैन भाष्य स्थापित गर्न खोजिएकोप्रति राम्रो काम गर्नेहरुको प्रचार–प्रसार गरेर सकारात्मक सोचको बृद्धि गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।
संस्थागत नीति नियमलाई पन्छाएर ब्यक्तिगत लाभका लागि कार्य गर्ने सहकारी एवं तिनका नेतृत्वविरुद्ध छानविन गर्न नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदमा माग गरिरहेको बताउँदै नेता सिंहले सहारा नेपालले शिक्षा, स्वास्थ्य, आवास, सामाजिक सेवा क्षेत्रमा गरेको कामको प्रसंशा गरे ।
‘सहारा नेपालले शिक्षा, स्वास्थ्य, आवास निर्माणका क्षेत्रमा गरेको काम सुन्दा म प्रभावित भएको छु’–नेता सिंहले भने–‘सहकारीले सदस्यहरुको जीवनस्तर सुधारमा पर्याप्त काम गर्न सक्ने उदाहरण प्रस्तुत गरे । । नेपालकै नम्बर १ संस्था बन्न सफल भएकोमा बधाई ।’
कार्यक्रमका विशेष अतिथि एवं नेप्स्कुनका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले जगेडाकोष सहकारी संस्थाको पिलर भएको बताउँदै जगेडाकोष, सदस्य संख्या, सेवा क्षेत्र र समुदाय लक्षित कार्यक्रमले संस्थालाई बलियो बनाउने बताए ।
सामाजिक काम र सामाजिक रुपान्तरणभन्दा सहकारी संस्थाको रकम अपचलन गरेर स्वार्थसिद्ध गर्न खोज्ने गलत तत्वका कारण सहकारी संस्थाहरु बद्नाम भएको बताउँदै केन्द्रीय अध्यक्ष ढकालले सहकारी ऐनमा भएका ब्यवस्था कार्यन्वयनमा ‘कन्भिन्स’ हुन सरकारलाई आह्वान गरे ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, नेकपा माओवादीका नेता झलकसिंह दर्लामी, राप्रपा नेपालका अध्यक्ष केशव ओझा लगायतले मन्तब्य राख्दै सहारा नेपालले शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सेवा, प्राकृतिक प्रकोपका क्षेत्रमा गरेको कामको प्रसंशा गरेका थिए । कार्यक्रमका अधिकांश बक्ताहरुले संस्थाले प्राप्त गरेको श्रेयलाई यथावत राख्दै समुदाय लक्षित कार्य अझै बढाउन आग्रह समेत गरेका थिए ।
आफ्नो २९ औं बार्षिक उत्सवको अवसर पारेर संस्थाले डा. योगी विकासानन्दको जीवन बदल्ने कार्यक्रम, ऐतिहासिक फोटो प्रदर्शनी, युवा लक्षित कार्यक्रम एवं तनाव ब्यवस्थापन र बृहत स्वास्थ्य शिविरसहित ४ दिवसीय कार्यक्रम तय गरेको संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीले जानकारी दिए ।
सहारा नेपालको संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले सहारा नेपाल मिनी संसदजस्तै भएको बताउँदै संस्थाभित्र सबै दल, सबै जातजातिको समान सहभागिता रहेको बताए । उनका अनुसार ३३ जना सदस्यबाट २०५१ सालमा स्थापित संस्थामा हाल १ लाख, ६९ हजार, १ सय ९२ जना सदस्य, ८१ वटा सेवाकेन्द्र, १ अर्व ६८ करोड, ११ लाख, ५६ हजार ७ सय शेयर पुँजी रहेको छ । संस्थाले १० अर्व, ८१ करोड, ६८ लाख, ९४ हजार ९१२ ऋण लगानी गरेको, १२ अर्ब १९ करोड, ७४ लाख, २१ हजार, ९ सय ५७ बचत रहेको र संस्थाको जगेडा कोषमा १ अर्व २४ करोड, २ लाख, १७ हजार ४ सय ३० रुपैया रहेको कार्यकारी निर्देशक गिरीले जानकारी दिए ।
गरिबी न्यूनीकरण, उद्यमशिलता र रोजगारी, स्वास्थ्य, शिक्षा, जैविक विविधता र वातावरण संरक्षण, प्राकृतिक विपत्, कृषि, पशुपालन, सामाजिक सेवा, लैंगिक समानता र सामाजिक समावेशीकरण, सामाजिक सुरक्षा र सदस्यको संरक्षण लगायतलाई आफ्नो कार्यक्षेत्र बनाएको संस्थामा हाल ५०१ जनाले प्रत्यक्ष रोजगारी पाएको संस्थाको क्यालेन्डरमा उल्लेख छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
सकारात्मक सन्देश प्रवाह गर्न सिंहको आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img